गण्डकीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ
+
-

पोखरा – गण्डकी प्रदेशमा थप ४ मन्त्री नियुक्त भएका छन्। शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मन्त्री बनेका छन्।

नेकपा माओवादी केन्द्रबाट म्याग्दीका रेशमबहादुर जुग्जाली मन्त्रीमा दोहोरिएका छन्। उनी यसअघिको नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका थिए।

वैशाख १४ गते नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। नियुक्त भएको भोलिपल्ट पाण्डेले शपथ लिएका थिए। सोही दिन उनले नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओेवादीबाट सुशीला सिम्खडालाई विनाविभागीय मन्त्री नियुक्त गरे।

कांग्रेसभित्रै मन्त्री बन्ने आकांक्षीको लर्को हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो। वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो। एमाले, माओवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेको अधिकारी १०५ औं दिनमा पदमुक्त भए।

सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते मन्त्रीबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। विश्वासको मत नपाएपछि खगराज नेतृत्वको सरकार ढलेको हो।

बिहीबार गण्डकी प्रदेशमा मन्त्रालयको कार्यविभाजन हेरफेर गरिएको थियो। मन्त्रालयको संख्या भने ७ नै रहेको छ।

आन्तरिक मामिला तथा कानुनको जिम्मेवारी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफैंले राख्दै कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट छुट्याएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय बनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?