
काठमाडौँ – पटकपटक न्याय माग्दै आन्दोलन गर्दै आएकी बिनु यादव ५ दिनदेखि अनसनमा छिन्।
उनी सुरुमा दुई दिन बसन्तपुरमा अनसनमा बसेकी थिइन्। महानगर प्रहरीको टोलीले उनलाई त्यहाँ बस्न नमिल्ने भन्दै माइतीघरमा ल्याएर छाडिदियो। उनी माइतीघरमा बसेको तीन दिन भएसकेको छ।
उनी विभिन्न ५ वटा माग राख्दै अनसनमा बसेकी हुन्। जबर्जस्ती कारणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन डिएसपी सुरज कार्कीमाथि कारबाही गरिनुपर्ने, न्यायबाट वञ्चित गराउने न्यायाधीश बद्री प्रसाद ओलीमाथि कारबाही हुनुपर्ने, आफूलाई बिहे गरेर सम्बन्धविच्छेद गर्ने प्रदीप कठायत, पटक–पटक बलात्कारको प्रयास गर्ने र यातना दिने आफ्नै काका ससुरा पवन कठायतलाई कारबाही गरिनुपर्नेलगायतका ५ माग उनका छन्।
उनको स्वस्थ्य अवस्था कमजोर बनेको छ। उनलाई सिभिल अस्पतालका मेडिकल अफिसर डा. अजित मल्लिकले सहयोगस्वरुप दैनिक रुपमा स्वास्थ्य परीक्षण गरिदिँदै आएका छन्।