शरणार्थी प्रकरणमा पक्राउ परेका भीआइपीका हातमा किन लगाइएन हतकडी?

शरणार्थी प्रकरणमा पक्राउ परेका भीआइपीका हातमा किन लगाइएन हतकडी?
+
-

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ बुढानीलकण्ठको पासिकोटबाट नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गर्‍यो।

पक्राउ परेका उनलाई सोमबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा उपस्थित गराइएको थियो। सरकारी वकिल कार्यालयमा उनी पुग्दा मिडियाकर्मीहरुको बाक्लो उपस्थिति थियो। रायमाझीले मिडियाकर्मी सामु यस्तो व्यवहार देखाए मानौं कि उनी ठुलै संग्राम जितेर जितेर आएका हुन्। उनी हात हल्लाउँदै र सबैसँग मुस्काउँदै अदालतमा प्रस्तुत भए। उनको हातमा कुनै हतकडी थिएन।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भीआइपी भनिएका व्यक्तिहरुलाई हतकडी लगाइएको छैन।

आइतबार जिल्ला प्रहरी परिसर, काठमाडौँले शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौँ उपस्थित गराएको थियो।  त्यसबेला पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको हातमा पनि हथकडी लगाइएको थिएन। यद्यपि अन्य सामान्य कसुरमा पक्राउ परेका व्यक्तिहरुलाई पनि अदालतमा प्रस्तुत गरिँदा हथकडी लगाइएको जो कोहीले देख्न सक्छ।

यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले हतकडी लगाएन। भीआइपीहरुलाई हतकडी नलगाइएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोधसमेत भइरहेको छ।

सबै अपराधीलाई हतकडी लगाउनैपर्छ भन्ने व्यवस्था नभएको काठमाडौँ प्रहरी प्रमुख दानबहादुर कार्की बताउँछन्। उनका अनुसार हतकडी लगाउने कुरा तल्कालको अवस्थामा रहेको थ्रेड, भाग्न वा उम्कन सक्ने अवस्थालगायत कुरालाई हेरेर मात्रै निर्णय गरिन्छ।

‘कुनै पनि महिलालाई, बालबालिकालाई, सुत्केरीलाई, जेष्ठ नागरिकलाई, स्वास्थ्य अवस्था कमजोर भएकालाई, भाग्न उम्कन नसक्ने अवस्था भएकालाई हतकडी लगाइँदैन,’ उनी भन्छन्, ‘हतकडी लगाउने भनेर उसको (पक्राउ परेको व्यक्ति) सम्भावित क्षति आँकलन गरेर तत्काल खटिएको सुरक्षाकर्मीले निर्णय गर्न सक्छ।’

यसबाहेक हिरासत कक्षमा, इजलासमा, बयान दिने क्रममा पनि हथकडी लगाइँदैन। यद्यपि अपराध गर्ने व्यक्ति जो कोही अपराधी नै हुने भएकाले कानुनले कोही उच्च पदस्थ व्यक्ति भएकै कारण उसलाई हतकडी नलगाउने भन्ने छुट्टै व्यवस्था गरेको छैन।

कार्कीका अनुसार पक्राउ परिसकेका व्यक्तिहरु भाग्न वा उम्कन नसक्ने अवस्था रहेका कारण मात्रै हतकडी नलगाइएको हो। उनीहरु उच्च पदस्थ व्यक्ति भएकै कारण हतकडी नलगाएको झुट्टो रहेको उनी बताउँछन्।

हतकडी लगाउनेबारे कुनै कानुनी स्पष्टता नहुँदा यो प्रश्न बारम्बार उठ्ने गरेको जानकारहरुले बताउने गरेका छन्।

यस प्रकरणमा हालसम्म १३ जना पक्राउ परिसकेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले हा‍इप्रोफाइल व्यक्तिमाथिको अनुसन्धान जारी छ। भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेकाहरुको बयानका आधारमा सो प्रकरणमा संलग्न अन्यलाई समेत पक्राउ गरिरहेको छ। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरूसमेत यस प्रकरणमा पक्राउ परिसकेका छन् भने केही अझै फरार छन्।

बादलका छोरा प्रतीक, इन्द्रजीतका छोरा निरज र कांग्रेसका पूर्व सांसद् आङतावा शेर्पा फरार छन्। उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ। प्रहरीले यस प्रकरणमा नाम जोडिएका अन्य व्यक्तिविरुद्ध प्रमाण जुटाउन कसरत गरिरहेको छ।

यस प्रकरणका पक्राउ परेका १३ जनालाई छुट्टाछुट्टै हिरासतमा राखिएको छ। १३ जना आरोपीहरूलाई ६ वटा छुट्टाछुट्टै हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्

पक्राउ परेका १३ मध्ये कोही हिरासतमा कोही कोठामा, किन राखियो छुट्टाछुट्टै?

पक्राउ परेका १३ मध्ये कोही हिरासतमा कोही कोठामा, किन राखियो छुट्टाछुट्टै?

रायमाझीले प्रहरीलाई झुक्याए, प्रहरीले खाणलाई

रायमाझीले प्रहरीलाई झुक्याए, प्रहरीले खाणलाई

यी हुन् हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरू (सूचीसहित)

यी हुन् हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरू (सूचीसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?