शरणार्थी प्रकरण: पक्राउ परेकाहरुको बयानबाट खुलेका नयाँ तथ्य

शरणार्थी प्रकरण: पक्राउ परेकाहरुको बयानबाट खुलेका नयाँ तथ्य
+
-

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयानबाट केही रोचक कुराहरु खुलेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको बयान सकिसकेको छ। उनीहरुको बयानकै आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलगायतका उच्च पदस्थ व्यक्ति पक्राउ परिसकेका छन्।

प्रक्राउ परेकाहरुको बयानबाट केही नयाँ र रोचक तथ्यहरुसमेत फेला परेका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाणले भने बयानका क्रममा शरणार्थी प्रकरणमा आफ्नो संलग्नता रहेको सजिलै स्वीकार गरेका छैनन्। उनको हिजो र आज बयान लिइएको थियो।

त्यस्तै, पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका रायमाझीले भने बयानका क्रममा केही रोचक कुराहरु बताएका छन्। रायमाझीले आफूलाई हर्निया भएको भन्दै धेरैबेर बयानका लागि समय दिन नसक्ने बताएका थिए। त्यस्तै, उनले आफ्नो बयान २० मिनेटमा नै सकाउने बताएका थिए। साथै उनले यस्तो कार्यमा पहिलो पटक परेकाले प्रक्रिया थाहा नभएको पनि बताएका थिए।

खाण र रायमाझीभन्दा अघि पक्राउ परेका अन्यको बयानबाट भने प्रकरणमा जोडिएका अन्य थुप्रैको नाम र त्यतिबेलाको लेनदेनको बारेमा खुलेको छ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारी, केशव दुलाललगायतले बयानमा तत्कालीन गृहसचिव प्रेम राईले आफूसँग नगद बुझेको दाबी गरेका छन्।

उनीहरुले आफूहरुले राईको गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएको बयान दिएका हुन्। राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको भण्डारीको दाबी छ।

उनीहरुले प्रहरीसमक्ष दिएको बयान उद्धृत गर्दै स्रोतले देश सञ्चारसँग भन्यो, ‘उहाँको कार्यकक्षमा गएर कुराकानी गरेको र उनकै निर्देशनमा गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएका हौँ।’

राई २०७४ चैत २६ देखि ०७६ माघ २० सम्म गृहसचिव रहेका थिए। उक्त कार्यदल नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको योजनाका साथ भएको तथ्य सार्वजनिक भइरहेका बेला पक्राउ परेकाहरुले राईलाई मन्त्रालयमै पुगेर नगद बुझाएको बयान दिएका हुन्।

गृह मन्त्रालयले राई गृहसचिव भएकै बेला २०७६ साल जेठमा तेस्रो देश जान बाँकी रहेका भुटानी शरणार्थीको पहिचान गर्न पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।

त्यस्तै, स्रोतका अनुसार बयानमा पैसा उठाएका ८० जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नसकेपछि रकम फिर्ता गरेको बताएका छन्। रकम फिर्ता गरे पनि माथिल्लो तहमा बुझाएको रकम भने फिर्ता नपाएको पक्राउ परेकाहरुले खुलाएका छन्।

शरणार्थी प्रकरणको अनुसन्धानमा सहयोग पुग्ने गरी प्रहरीसमक्ष बोलेका एक जनाले एमाले नेता डा. अजयक्रान्ति शाक्यलाई समेत पैसा दिएको भनेका छन्। उनले मानव सेवा आश्रमका लागि सहयोगस्वरुप दुई करोड ३० लाख रुपैयाँ बुझाएको उल्लेख गरेका छन्। उक्त आश्रमसँग उच्च राजनीतिक नेतृत्वको पारिवारिक सदस्य जोडिएका छन्। बयानमा उनले आफूले कांग्रेस नेत्री आरजु राणासँग भने कुरा नगरेको बताएका छन्।

प्रहरीले हालसम्म खाण, पाण्डे, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित यो प्रकरणमा १४ जनालाई पक्राउ गरिसकेको छ भने केही अझै फरार छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?