शरणार्थी प्रकरण: पक्राउ परेकाहरु थप ३ दिन हिरासतमै रहने

शरणार्थी प्रकरण: पक्राउ परेकाहरु थप ३ दिन हिरासतमै रहने
+
-

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमै रहने भएका छन्।

पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतका सबै १६ जना अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको सरकारी वकिल कार्यालय प्रमुख अच्यूतमणि न्यौपानेले बताएका छन्।

यो प्रकरणमा रायमाझी, खाणसँगै नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल र सानु भण्डारी पक्राउ परिसकेका छन्।

पक्राउ परेकाहरु सबैको बयान सकिसकेको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले अनुसन्धान सकेर यसअघि नै बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो ।

तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले ३ दिन म्याद थप गर्न माग गरेको थियो। थप गरिएको ३ दिनमा पनि प्रतिवेदन तयार नभएपछि प्रहरीले थप ३ दिन हिरासतमा नै राख्न अनुमति मागेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?