किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालियो

किशोरीलाई आइरन र फोलिक एसिड खुवाउन थालियो
+
-

सिमकोट – विद्यालयमा अध्ययनरत १० देखि १९ वर्ष उमेर समूहका किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन थालिएको छ। उक्त उमेर समूहका किशोरीलाई भविष्यमा आउन सक्ने गर्भसम्बन्धी समस्या समाधानका लागि ती औषधि खुवाउन थालिएको हो।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक किशोरीलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्य आइतबारबाट सुुरु भएको बताए।

गत वर्षबाट यो कार्य शाखाले गर्नुपर्ने भए पनि यस वर्षबाट सुरु गरिएको हो। ती किशोरीलाई १३ हप्ता लगातार खुवाउने र त्यसपछिका १३ हप्ता खुवाउने कार्य रोकिनेछ।

उनीहरूलाई वर्षमा २६ हप्ता यी दुुवै औषधि सेवन गराउने कार्य स्वास्थ्यकर्मीले गर्नेछन्। सिमकोट गाउँपालिकाभरिका उक्त उमेर समूहका किशोरीलाई जो विद्यालयभित्र र बाहिर छन् उनीहरूलाई खुवाइन्छ। उनका अनुुसार यसको सेवनबाट किशोरीमा गर्भवती अवस्था वा सुत्केरी भएको अवस्थामा रक्त अल्पता (रगतको कमी) हुन दिने छैन।

त्यसैगरी यसबाट जन्मजात विकृति र गर्भपतन हुन नदिन सहयोग पुुग्ने विश्वास गरिएको छ। आइतबार मात्र ९ सय ३६ जना किशोरीलाई औषधि खुवाइएको छ। पहिलो दिन कैलाश मावि, कर्णाली, मानसरोवर नमुना, बालमन्दिर मावि, भीमसेन आवि, रलिङ माविमा खुवाइएको छ। यसका लागि सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

अब बाँकी विद्यालयमा पनि खुवाइनेछ। सिमकोट गाउँपालिकामा २१ वटा सामुदायिक र चार वटा संस्थागत विद्यालय छन्। त्यसैगरी विद्यालयबाहिर रहेका किशोरीलाई पनि महिला स्वास्थ्य स्वयंसेविका घरघरमा पुुगेर खुवाइनेछ। शाखाले एक हजार २ सय ४५ जना यो उमेर समूहका किशोरी भएको अनुमान गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष