३५ किलो चाँदीसहित तीन जना पक्राउ

३५ किलो चाँदीसहित तीन जना पक्राउ
+
-

काठमाडौँ – प्रहरीले ३५ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेका छन्।

प्रहरीले सुन चाँदीका गहना चोरीमा संलग्न गिरोहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। विराटनगर क्षेत्रमा श्रृंखलाबद्ध रुपमा चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी, ८ ग्राम सुन, भारतीय रुपैयाँ २ हजार पाँच सय, नेपाली रुपैयाँ १ हजार ७३० र मोबाइल २ थान बरामद गरेको छ।

प्रकाउ परेका व्यक्तिहरुमध्ये विवेक कामत चोरी मुद्दामा २०७९ साउन २२ गते देखि ९ महिनाको सजाय भुक्तान गरेर गत वैशाख २८ गते छुटेका थिए भने श्रीकान्त दाससमेत डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका प्रहरीले जनाएको छ।

उनीहरुले बाटोमा कसैले थाहा नपाउने गरी डुल्दै हिँड्ने, ताल्चा लगाएको घरलाई निशाना बनाउने गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?