डाक्टर भण्डारीद्वारा जिल्ला आँखा उपचार केन्द्रलाई चस्मा सहयोग

डाक्टर भण्डारीद्वारा जिल्ला आँखा उपचार केन्द्रलाई चस्मा सहयोग
+
-

सिमकोट – डाक्टर हर्कसिंह भण्डारीले जिल्ला आँखा उपचार केन्द्र सिमकोटलाई चस्मा सहयोग गरेका छन्। उपचारका लागि अस्पतालमा आउने बिरामीलाई निःशुल्क प्रदान गर्नका लागि ती चस्मा अस्पताललाई सहयोग गरिएका हुन्।

हेल्थ अस हुम्लाका डाक्टर भण्डारीले जिल्ला बाहिरबाट खरिद गरेर ल्याएका ती चस्मा आँखा उपचार केन्द्रलाई सहयोग गरिएको हेल्थ असको स्वास्थ्यकर्मी नारायण फडेराले जानकारी दिए।

उपचारको काम गर्दै सस्तोमा औषधिसमेत बिक्री गर्दै आएको हेल्थ असले आँखा उपचार केन्द्रमा आउने न्यून आयस्रोत भएका आँखाका बिरामीलाई निःशुल्क उपलब्ध गराउन चस्मा प्रदान गरेको हो।

चालीस वटा विभिन्न पावरका चस्मा शुक्रबार आँखा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको हो। उनले हेल्थ असले सामाजिक दायित्वअन्तर्गत आफूले सिधै बिरामीलाई दिन नमिल्ने भएका कारण उपचार केन्द्रमार्फत बिरामीलाई दिन उपलब्ध गराएको बताए।

चस्मा उपलब्ध भएपछि केन्द्रलाई अब बिरामी आउँदा सहयोग गर्न सहज हुनेछ। डाक्टर भण्डारीको यो कार्यबाट आँखाका बिरामीलाई अब शिविर कुर्नुपर्ने वा चस्मा आवश्यक परे जिल्लाबाहिरबाट झिकाउनुपर्ने बाध्यता हटेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष