नक्कली शरणार्थी प्रकरणः

दिनभर इजलासमै पत्रिका पढेर बसेका राईले बयान दिनेबेला भनेः सञ्चो छैन श्रीमान्

दिनभर इजलासमै पत्रिका पढेर बसेका राईले बयान दिनेबेला भनेः सञ्चो छैन श्रीमान्
+
-

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमध्ये आइतबारसम्म ५ जनाको बयान सकिएको छ।

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु १७ जनाको हाल अदालतमा बयान जारी छ। हालसम्म प्रतिवादी टंककुमार गुरुङ, सन्दीप रायमाझी, लक्ष्मी महर्जन, सागर राई र केशवप्रसाद दुलालको बयान सकिएको छ।

बयान शुक्रबारबाट जिल्ला अदालत काठमाडौँ अदालतमा सुरु भएको हो। शुक्रबार सागर राई र केशवप्रसाद दुलालको बयान लिइएको थियो भने बाँकीको आइतबार लिइएको श्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए।

यस प्रकरणमा मुख्य योजनाकारमध्येका इन्द्रजित राईको पनि बयान आइतबार लिने तयारी थियो तर उनी बयान नै नदिई हिरासतमा फर्किएका छन्। राईलाई बयानका लागि आइतबार जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको थियो। तर राई आफ्नो बयानको पालो आएसँगै स्वास्थ्य अवस्था ठीक छैन भन्दै पन्छिए।

राई आफ्नो बयानको पालो आउनुभन्दा अघिसम्म इजलासमै पत्रिका पढ्ने र आफ्ना वकिलसँग कुराकानी गरेर बसिरहेका थिए। तर जब उनको बयानको पालो आयो उनले भने ‘सञ्चो छैन श्रीमान्, बयान टी ब्रेकपछि दिन्छु।’

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको छ।

राईले सञ्चो छैन भनेपछि उनको बयान केहीबेरलाई रोकेर प्रतिवादी टंककुमार गुरुङ र सन्दीप रायमाझीको बयान लिइएको थियो। तर केहीबेरमा बयान दिन्छु भनेका राईले आइतबार बयान नै दिएनन्। राईले पुन:  सञ्चो छैन भनेकाले त्यसपछि प्रतिवादी लक्ष्मी महर्जनको बयान लिइएको स्रोतले बताएको छ।

राईले प्रहरी हिरासतमा रहँदा पनि बयान दिन आनाकानी गरेका थिए। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई वैशाख १९ गते पक्राउ परेका हुन्। उनी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार हुन्। राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन्।  उनी तत्कालीन संविधानसभा सदस्यसमेत हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?