
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल उपस्थित कार्यक्रममा सहभागीहरुले बबण्डर मच्चाएपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालको बुधबार सुरु हुने भारत भ्रमणका सन्दर्भमा भारतीय संसद्मा कपिलवस्तु र लुम्बिनीलाई अखण्ड भारतको हिस्सा भनी चिनाइएकोमा विरोध गर्न मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रदर्शनकारीहरुले बबण्डर मच्चाएका हुन्।
पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले बोलेपछि सहभागीहरुलाई आफ्नो मन्तव्य राख्न दिने क्रममा सन्तोष राजावादी भनिने युवकले झलनाथबिरुद्ध नाराबाजी गरेका थिए।
उनको नाराबाजीमा कार्यक्रममा उपस्थित केही सहभागीहरुले पनि स्वर थपेपछि कार्यक्रम केहीबेर बिथोलिएको थियो। प्रहरीलाई नाराबाजी गर्नेलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो।
प्रहरीको हस्तक्षेपमा प्रदर्शनकारीहरु नियन्त्रणमा लिइएपछि बल्लतल्ल कार्यक्रम सुचारु भएको थियो।