विशेषज्ञ सेवासहितको बृृहत् एकीकृत स्वास्थ्य शिविर हुने

विशेषज्ञ सेवासहितको बृृहत् एकीकृत स्वास्थ्य शिविर हुने
+
-

सिमकोट – विशेषज्ञ सेवासहितको बृहत् एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिका तथा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शिविर सञ्चालन हुने भएपछि जिल्लाका अन्य गाउँपालिकाका सेवाग्राहीले समेत सेवा उपभोग गर्न पाउनेछन्।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुुर सिंहले जेठ २५ देखि २७ गतेसम्म काठमाडौंबाट आउने विशेषज्ञसहितको चिकित्सकहरूको टोलीले शिविरमा सेवा प्रदान गर्नेछ।

शिविरमा बिशेष गरि विशेषज्ञ चिकित्सकद्धारा मुुटुु रोग, प्रसुती तथा स्त्री रोग, जनरल फिजिसियन, हाड जोर्नी तथा नसा, नाक काँन र घाँटी, छाला रोग, बाल रोगलगायत धेरै रोगहरूको उपचार हुनेछ।

यसका लागि ११ जनाभन्दा बढी विशेषज्ञ चिकित्सक शिविरका लागि हुम्ला जिल्लामा आउनेछन्। त्यसैगरी, जिल्ला अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, तीन वटै गाउँपालिकाका स्वास्थ्यकर्मीले समेत शिविरमा सघाउनेछन्। शिविर सञ्चालन हुने मितिमा बिहान ८ बजेबाट ४ बजेसम्म सञ्चालन हुनेछ।

शिविर पूर्णरूपमा निःशुल्क हुनेछ। शिविरमा ११४ प्रकारका औषधीहरू शिविरको मुख्य सहयोगी प्रारम्भ सामाजिक संस्था र सिंगापुुर रेडक्रस सिंगापुुर व्यवस्था गर्ने भएको छ।

त्यसैगरी शिविरका लागि आधार विकास नेपाल र अठोट नेपालले पनि सहकार्य गर्ने भएका छन्। तीन दिनमा जति सक्दो बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गरिनेछ। यसका लागि बुधाबार सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीको संयोजकत्वमा समन्वय बैठक बसेको थियो।

बैठकले आयोजक तीन गाउँपालिकाकाले स्थानीय स्तरमा गर्नुपर्ने शिविरको ब्यवस्थापन सम्पुक्त रुपमा गर्ने, शिविरमा उपचार पछि आउन सक्ने जटिल केसका बिरामीको थप उपचारका लागि आयोजक संस्थालाई व्यवस्थापन गर्न अनुुरोध गर्ने निर्णय गरेको छ।

स्वास्थ्य सेवा कार्यालयमा बसेको बैठकमा खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावल, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तकदिर लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराई, स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहलगायत सहभागी थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष