निजी गाडीले बिरामी बोक्नुपर्ने बाध्यता यथावत्

निजी गाडीले बिरामी बोक्नुपर्ने बाध्यता यथावत्
+
-

सिमकोट – जिल्लाको सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिकामा निजी गाडीले गाउँ–गाउँबाट बिरामी बोक्नुपर्ने बाध्यता आइपरेको छ।

स्वास्थ्य सेवा कार्यालय र सिमकोट गाउँपालिकासँग एम्बुुलेन्सको व्यवस्था नभएपछि व्यक्तिगत रूपमा ल्याइएका बोलेरो जिपले बिरामी बोक्नुपरेको हो।
सिमकोट गाउँपालिका–२ का रत्न बोहराले जटिल केसका बिरामीलाई निजी गाडी झिकाएर अस्पताल लैजानुपर्ने बाध्यता रहेको बताए।

त्यो पनि चर्को भाडा तिर्नुपर्ने अवस्था छ। उनले पहिले सडक नजोडिएका बेला गाउँमा बिरामी पर्दा स्टेचरमा बोक्ने, मानिसले डोकोमा बोक्ने र त्यस्तै बेला घोडामा बोकाएर पनि बिरामीलाई अस्पतालसम्म लैजाने गरिएकोमा अहिले सडक जोडिएपछि एक कल फोन गरेर निजी गाडी झिकाएर बिरामी ओसार्न थालिएको जानकारी दिए।
त्यसैगरी वडा नम्बर १ का सोनाम लामाले गाउँमा बिरामी पर्दा डेढ घण्टा लाग्ने सदरमुुकाम सिमकोटबाट गाडी झिकाएर बिरामीको उद्धार गर्नुपरिरहेको बताए।

सडक जोडिएका कारण बिरामी बोक्ने अन्य उपायभन्दा निजी गाडी झिकाउने कार्यमा बिरामीका परिवारका सदस्य लाग्ने गर्छन्। यी दुुई वटा वडा मात्र नभएर सिमकोट गाउँपालिकाका ३, ४, ७ र ८ वडामा बिरामी बोक्ने अवस्था पनि उस्तै छ। यद्यपि, बेथा लागेकी गर्भवतीको उद्धार भने गाउँपालिकाले गर्दै आएको छ। अन्य मानिस बिरामी पर्दा ऋण सापट गरेरै भए पनि निजी गाडी झिकाएर बिरामीको उद्धार गरिँदै आएको छ।

निजी गाडीको काम बिरामी ओसार्ने नभए पनि बाध्यताले उक्त काम गर्नुपरेको यातायात व्यवसायीको भनाइ छ। गाउँगाउँमा मानिस बिरामी भएमा रातिसमेत फोन आउने र गाडी पठाइदिन आग्रह गरिएपछि पठाउने गरेको यातायात व्यवसायी बताउँछन्।

एम्बुुलेन्स हुनुुपर्ने जिल्ला अस्पताल र गाउँपालिका भए पनि यी दुुवै निकायले हालसम्म राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण व्यवस्था गर्न सकेका छैनन्। सरोकारवाला निकायसँग एम्बुुलेन्स नभएपछि बिरामी बोक्ने निजी गाडी प्रयोग गर्नुको अन्य उपाय भने देखिँदैन।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष