स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन

स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन
+
-

सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्यचौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको दुई तले भवनको औपचारिक उद्घाटन गरेका हुन्।

भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिए।

“भवन र उपकरणले मात्र स्वास्थ्य सेवा प्रवाह हुँदैन। त्यसमा आवश्यक पर्ने जनशक्तिको पनि व्यवस्था हुनुपर्छ”, उनले भने, “संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्यको हक नागरिकले सहजरूपमा पाउनुपछ। त्यसतर्फ हामीले काम अगाडि बढाइसकेका छौँ।”

उनले जनताले अनुभूति गर्ने गरी सेवामा सुधार गर्दै लैजानेतर्फ आफू र मन्त्रालयको टिमले योजना बनाउँदै काम गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गरेका छन्।

दश वटा कोठा भएको दुई तले उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले छायाँश्वरी निर्माण सेवामार्फत रु एक करोड ७४ लाख ११ हजारमा निर्माण गरेको हो। भवन निर्माणका लागि आयोजनाले २०७८ वैशाख ३ गते सम्झौता गरेको र २०७९ पुस २७ गते निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर टङ्कप्रसाद गौतमले जानकारी दिए।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले संविधानले दिएको अधिकारअनुसार नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। उनले स्वास्थ्य बीमाका क्षेत्रमा पनि गाउँपालिकाले काम गरिरहेको बताए।

बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले स्वास्थ्यमन्त्री हुनुभन्दा अघिदेखिनै नागरिकको स्वास्थ्यमा सहयोग गर्दै आएका व्यक्ति स्वास्थ्यमन्त्री भएको भन्दै मन्त्री बस्नेतको प्रशंसा गरे।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष