स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग
+
-

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो।

सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्थाले औषधि सहयोग गरेको हो।

ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुुर बोहराले विकासका लागि साझा मञ्चले (सिएफ डि नेपाल) औषधि र तथा स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग गरेको जानकारी दिए।

सहयोग गरिएका औषधि र सामग्री २२ प्रकारका छन्। उनले स्वास्थ्य चौकीमा औषधिको अभाव भइरहेका बेला सहयोग प्राप्त भएका कारण बिरामीको उपचारमा सहयोग पुुग्ने विश्वास व्यक्त गरे। स्वास्थ्य चौकीका लागि औषधिका साथै केही सामग्री आवश्यक रहेका बेला ती सामान उपलब्ध भएका छन्।

मञ्चले स्वास्थ्य चौकीमै सामग्री उपलब्ध गराएको हो। मञ्चका कार्यक्रम अधिकृत सौरभ लामाले स्वास्थ्य चौकीलाई नियमित सहयोग गरिने र औषधि प्रदान गरिएको बताए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष