सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बिमा

सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बिमा
+
-

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बिमा गर्ने भएको छ।

स्वास्थ्य कार्यालय, बाँकेले राप्तीसोनारी गाउँपालिका –२, कचनापुरमा सिकलसेल एनिमियाका बिरामीहरुको रिपोर्ट सार्वजनिकीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले ०८० /८१ देखि पालिकाभित्र रहेका सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बिमा गरिदिने बताए।

‘सिकलसेल भएका बिरामीले जीवनभरि औषधि खानु पर्ने हुन्छ। निम्न आयस्रोत भएकालाई औंषधि किन्न मुस्किल हुन्छ। बिमा गरिदियो भने त्यसले धेरै सहज हुन्छ। अर्को वर्षदेखि सिकलसेलका बिरामीलाई पालिकाले बीमा कार्यक्रममा समेट्छ’, उनले भने, ‘बिमा बापतको शुल्क पालिकाले तिर्छ।’

राप्तीसोनारीका ४ वटा वडामा स्याम्पलिङ गर्दा ११ जना सिकलसेलका बिरामी फेला परेको स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

पछिल्लो पटक वडा नम्बर ६ कमैयाडाँडामा ६३ जनाको नमूना जाँच गर्दा २ जना रोगी र ३६ जना वाहक फेला परेका छन् भने वडा नम्बर २ कचनापुरमा ४८७ जनाको नमुना जाँच गर्दा ३ जना रोगी र ४४ जना वाहक फेला परेका छन्। गत वर्ष वडा नम्बर ३ र ४ मा २ हजार १९५ जनाको नमूना जाँच गर्दा ६ जना रोगी र २९१ जना वाहक फेला परेका थिए।

थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया र थालेसेमिया रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले विज्ञहरुलाई बस्तिस्तरमै पुर्‍याएर स्थानीयबासीलाई सचेत बनाउने काम गरिरहेको छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, मनोसामाजिक परामर्शदाता उषा वलीसहितको टिमले रोगीहरुलाई परामर्श समेत दिने गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष