स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग

स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग
+
-

सिमकोट – सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग गरिएको छ। स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नेभन्दा फरक खालका जो बिरामीका लागि अति आवश्यक पर्ने औषधि सहयोग गरिएको हो।

अस्पताल तथा स्वास्थ्य चौकीलाई औषधि तथा अन्य सामग्री सहयोग गर्दै आएको हेल्थ अस हुम्लाले ठेहेको स्वास्थ्य चौकीलाई २० प्रकारका औषधि सहयोग गरेको हो।

हेल्थ असका स्वास्थ्यकर्मी नारायण फडेराले स्वास्थ्य चौकीमा निःशुल्क पाउनेभन्दा फरक औषधि सहयोग गरिएको बताए। उनले ठेहेका वडाध्यक्ष देवजन बोहरालाई हस्तान्तरण गरेका थिए।

उनले बिरामीले स्वास्थ्य चौकीमा चेकजाँचपछि नपाउने औषधि सहयोग गरिएको जानकारी दिँदै बिरामीको अवस्था बुुझेर ती औषधि स्वास्थ्य चौकीले दिने बताए।

स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुुर बोहराले हेल्थ असबाट औषधि सहयोग पाएपछि उपचारमा सहज भएको बताए। यसअघि पनि हेल्थ असले जिल्ला आँखा उपचार केन्द्रलाई चस्मा, खार्पुनाथ गाउँपालिकाका सामुदायिक अस्पताललाई औषधि सहयोग गरेको थियो।

हेल्थ असले अस्पताल तथा स्वास्थ्य संस्थालाई औषधि सहयोग जारी रहने जनाएको छ। जिल्लामा फार्मेसी सञ्चालन गरेर सस्तोमा औषधि बिक्री गर्दै आएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष