
काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ।
सोमबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
जेठ १५ गते प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफल हिजो सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन्।
यसअघि हिजो नै अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम रहेको भए पनि अन्तिममा आएर आजका लागि बैठक सारिएको थियो।
हेर्नूहोस् तस्बिरहरू: