नेपाल एयरलाइन्स‍को मलेसिया- भैरहवा व्यावसायिक उडान सुरु

नेपाल एयरलाइन्स‍को मलेसिया- भैरहवा व्यावसायिक उडान सुरु
+
-

बुटवल- नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान गरेको छ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले गरे ।

१५८ सिट क्षमताको नेपाल एयरलाइन्सको न्यारोबडी विमानले भैरहवाको पहिलो उडानमा करिब १ सय यात्रु मलेसियाबाट ल्याएको हो।

विमानमा मलेसियामा रोजगारी गरेर घर फर्केका नेपालीहरूका साथै मलेसियाका पर्यटन व्यवसायीहरू गरी विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण गरेका छन्। बाँकी काठमाडौं अवतरण गर्नेछन्।

निगमले अहिले मलेसिया-भैरहवाको भाडा ३१ हजार र मलेसिया-काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ।

नेपाल वायुसेवा निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यारोबडीबाट सातामा एउटा उडान गर्ने बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?