नागरिकता माग गर्दै आत्मदाहको प्रयास

नागरिकता माग गर्दै आत्मदाहको प्रयास
+
-

काठमाडौँ – नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

नागरिकता माग गर्दै मोरङका २५ वर्षीय निरज कामतले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार ती युवकले शरीरमा आगो लगाउन भने पाएनन्। कामतले शरीरमा पेट्रोल खन्याएको थाहा पाएपछि प्रहरीले तत्काल उनलाई उद्धार गरेको हो।

‘आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए,’ एसपी रिजालले भने, ‘पेट्रोल खन्याउँदा खन्याउँदै प्रहरीले रोकेको हो। उनको शरीरमा आगो लाग्न भने पाएन।’

अहिले उपचारका लागि उनलाई अस्पताल लगिएको छ। सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ। सोही क्रममा आत्मदाहको प्रयास भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?