स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग

स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग
+
-

सिमकोट – काठमाडौँको नेपाल हेल्थ ट्रष्टले हुम्लाको एक स्वास्थ्य चौकीलाई औषधि तथा सर्जिकल सामग्री सहयोग गरेको छ। स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको ट्रष्टका कर्मचारी जिल्लामा आएका बेला स्वास्थ्य चौकीले आवश्यक पर्ने औषधि र सामग्री माग गरेको थियो।

सिमकोट गाउँपालिका– १ र २ को ठेहे स्वास्थ्य चौकीका इञ्चार्ज दानबहादुुर बोहराले ट्रष्टबाट औषधि र सर्जिकल सामग्री सहयोग प्राप्त भएको बताए।

सहयोग सामग्री र औषधि ट्रष्टले सिमकोटसम्म खरिद गरेर हवाईमार्गबाट ढुवानी गरेर गाउँपालिकामा पठाएको थियो। सहयोग प्राप्त भएका औषधि ५१ प्रकारका छन् भने सर्जिकल सामग्री २१ प्रकारका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखाले औषधि सामग्री बुधवार एक कार्यक्रम आयोजना गरी वडाध्यक्ष देवजन बोहरालाई हस्तान्तरण गरिएको छ।

औषधि बुधबारै ठेहे स्वास्थ्य चौकीमा लगिएको छ। स्वास्थ्य चौकीसम्मको ढुवानी भने गाउँपालिकाले गर्नेछ। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुुर भण्डारीले ट्रष्टबाट स्वास्थ्य चौकीका लागि उपलब्ध भएको औषधि एकदमै महत्वपूर्ण र आवश्यक रहेको बताए।

यसबाट स्वास्थ्य चौकीलाई औषधि अभाव हुने छैन भने बिरामीलाई उपचार गर्न सहज हुनेछ। यसअघि जिल्ला अस्पताललाई पनि ट्रष्टले औषधि तथा सामग्री सहयोग गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष