
सिमकोट – स्वास्थ्य चौकीले सुनौलो हजार दिनका आमाहरूलाई पौष्टिक आहार प्रदर्शनी कार्यक्रम गर्दै आएको छ। आमा र शिशुुका लागि आवश्यक पर्ने पौष्टिक आहारका परिकार बनाउन र त्यसको प्रयोग गर्न सिकिन भन्नका लागि यो प्रदर्शनी गरिएको हो।
सुनौलो हजार दिनका आमाहरूका लागि पौष्टिक आहारका परिकार नमुना प्रदर्शनी गरिएको सिमकोट गाउँपालिका–७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस बोहराल बताए।
आमाहरूलाई रैथाने बालीका परिकार बनाउन सिकाएर आमा तथा शिशुुलाई समेत खुवाइएको थियो। पोषणयुक्त स्थानीय रैथाने बालीका परिकार बनाउन सुनौलो हजार दिनका आमालाई लगाइएको र त्यसको उपभोग गर्ने तरिकासमेत प्रदर्शनीका बेला सिकाइएको थियो।
प्रदर्शनीमा त्यसको महत्व, फाइदाबारे समेत जानकारी गरिएको थियो। प्रदर्शनीमा आमा तथा शिशुुका लागि आवश्यक पर्नेे फलफूल, गेडागुुडी, पशुजन्य, अन्नजन्य आहार राखिएको बताउँदै उनले यी पौष्टिक आहार आमा तथा शिशुुले खाने कुरा पनि सिकाइएको जानकारी दिए।
कार्यक्रममा पौष्टिक आहार प्रदर्शनीका साथै स्थानीय रैथाने बाली कागुुनोको खिर बनाएर आमा तथा शिशुुलाई खुवाइएको थियो।
सुनौलो हजार दिनका आमा र शिशुुलाई हरेक दिन खाना चारका बारेमा पनि जानकारी गरिएको थियो। कार्यक्रममा उक्त वडाका ३५ जना सुनौलो हजार दिनका आमा तथा शिशुको सहभागिता थियो।
प्रदर्शनीबाट आमा तथा शिशुुका लागि आवश्यक पर्ने पौष्टिक आहारबारे जानकारी प्राप्त भएको सहभागी आमाहरूले बताएका थिए।
यो कार्यक्रम गाउँपालिकाका चार वटै स्वास्थ्य संस्थामा सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ। शुक्रबार ठेहे स्वास्थ्य चौकीमा यो कार्यक्रम गरिँदै छ।