सस्तो र राम्रो जुत्ता किन्न ललितपुर जुत्ता मेला

सस्तो र राम्रो जुत्ता किन्न ललितपुर जुत्ता मेला
+
-

ललितपुरको जावलाखेलमा ‘प्रथम ललितपुर जुत्ता–चप्पल व्यापार मेला–२०८०’ जारी छ।

जावलाखेल फुटबल ग्राउन्डमा १६ जेठदेखि मेला सुरु भएको मेला १ महिनासम्म जारी रहनेछ। जुत्ता मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थिति देख्न सकिन्छ। शनिबार र छुट्टीको दिनमा अझै धेरै मानिसहरु आउने गरेका छन्। मेलामा नेपाली बजारमा उत्पादन हुने जुत्ता–चप्पलहरु मात्रै राखिएको छ।

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ जुत्ता–चप्पल मेला आयोजना गरिएको हो। मेलामा विभिन्न ९ वटा ब्रान्डको सहभागिता रहेको छ । मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु किरण शुज म्यानुफ्याक्चर्सको उत्पादन–गोल्डस्टार, रोयल शु इन्डष्ट्रिजको उत्पादन–रोयल शुज, वेस फुटवेयरको उत्पादन– बीएफ डियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको–क्रस रोड शुज, शुभकामना फुटवेयरको–फस्टवाक शुज, नमस्ते फुटवेयरको–सिल, सुरभी पोलिमर्सको–हाई लाइफ, केटीएम शुजको–केटीएम, डीजे शुज कम्पनीको–डीजे शुज गरी नौवटा कम्पनी र ब्रान्डहरूको समावेश गरिएको छ।

मेलामा विभिन्न ब्रान्डका ५ हजारभन्दा बढी मोडेल र डिजाइनका जुत्ता चप्पल अवलोकन एवं खरिद गर्न सकिनेछ । मेला प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले मेलाको उद्घाटन गरेका हुन् । मेयर महर्जनले वर्षमा तीनपटक नेपाली जुत्ता–चप्पलको मेला आयोजना गर्न भन्दै प्रोत्साहनसमेत गरेको बताएका थिए ।

मेलामा दुई वर्षदेखि सबै उमेरसमूहलाई मिल्ने जुत्ता, चप्पल र स्यान्डल छन् । फर्मल, स्पोर्टस्, क्याजुअल, स्कुल–कलेजदेखि पार्टी सुजसम्म मेलामा राखिएको छ । मेलामा १५ देखि ५० प्रतिशतसम्म विशेष छुटको व्यवस्था समेत गरिएको आयोजकले बताएका छन्। करिब एक महिना चल्ने मेलामा ३ लाखलाई मेलाको अवलोकन गराउने र ५ करोडबराबरको कारोबार गराउने लक्ष्य राखिएको छ । मेला बिहान ९ देखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिने व्यवस्था छ ।

मेलामा राखिएका विभिन्न नेपाली ब्राण्डका उत्पादककर्ताहरुसँग हामीले कुराकानी गरेका छौं। उनीहरुले नेपाली उत्पादन भएकै कारण भोग्नुपरेका समस्याहरु, बजारीकरणको अवस्था लगायतबारे हामीलाई जानकारी गराएका छन्।

१५० देखि ४/५ हजार रुपैयाँसम्मका जुत्ता–चप्पल छन्हाइलाइफ 

सुरभी पोलिमर्स उद्योग २०६१ सालबाट सञ्चालनमा आएको हो। अहिले दैनिक उत्पादन ३० हजार चप्पल/जुत्ता उत्पादन गर्दै आएको छ। नेपाली बजारमा विदेशबाट आउने जुत्ता चप्पलहरु नै प्रसस्त थियो, छन् त्यसैले पनि होला केही समय अघिसम्म मानिसहरुले नेपाली उत्पादनलाई खासै महत्व दिएको जस्तो देखिदैन तियो तर हिजोआज आर्थिक मन्दीलगायत हरेक कुराले मानिसहरु नेपाली उत्पादन रोज्न थालेका छन्। हुन् त मानिसहरुलाई नेपाली उत्पादनहरु पनि गुणस्तरीय हुन्छन् भन्ने कुरा बुझाउन नसकेकोले पनि हुनसक्छ। तर अहिले त नेपाली उत्पादनहरु अन्य पनि थपिँदै गएका छन् जसको फलस्वरुप नेपाली उत्पादनको बजारीकरण पनि सुध्रिँदै गएको छ। मेचीदेखि महाकालीसम्मै हाइलाइफका उत्पादनहरु उपलब्ध छन्। नेपाली जुत्ता चप्पल घर भनेर जुनसुकै स्थानमा मेला लगाए पनि उत्साहजनक उपस्थिति नै देखिन्छ। यहाँ पनि मानिसहरुको बाक्लो उपस्थिति छ शनिबार र छुट्टिका दिनहरुमा अझै भेरै मानिसहरु आउनुहुन्छ। जसले गरेर पक्कै पनि सबैजनाको व्यापार केही न केही हदसम्म राम्रो नै भएको छ।

हामीहरुले बजारको अवस्था हेर्दा विदेशी जुत्ताहरुको प्रतिस्पर्धामा नेपाली उत्पादनहरु पर्न थालेका छन्। हाम्रो प्रतिस्पर्धी भनेको पनि विदेशी कम्पनीहरु मात्रै हुन्। हाइलाइफले रबलको चप्पल, आफैले सोल बनाउन उत्पादन गर्ने चप्पलहरु देखि लिएर प्राय सबै किसिमका जुत्ता चप्पलहरु उत्पादन गर्दै आएको छ।  कम्पनीले ८० रुपैयाँदेखि ४/५ हजार रुपैयाँसम्मको जुत्ता चप्पल उत्पादन गर्दै आएको छ। उद्यमी मेलामा भने १ सए ५० रुपैयाँ भन्दा माथिको उत्पादन मात्र राखिएको छ। यसपटक मेलाका लागि १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म्म छुट दिएका छौँ ।

गोल्डस्टार जुत्ता–चप्पलका सबै उत्पादनमा ३० प्रतिशत छुट

प्रथम ललितपुर जुत्ता–चप्पल व्यापार मेला–२०८० मा गोल्डस्टार जुत्ताका सबै उत्पादनहरुमा ३० प्रतिशत छुट दिएको सेल्स अफिसर सुदिप भण्डारी बताउँछन्।

गोल्डस्टार भन्ने बित्तिकै बलियो, सस्तो र लगाउन सजिलो जुत्ता भनेर चिनिन्छ त्यसैले पनि होला अहिले पनि बजारमा गोल्डस्टारको माग उतिक्कै छ। त्यति मात्र होइन अहिलेको आर्थिक मन्दी, नेपाली उत्पादनप्रति मानिसहरुको मोह हरेक कुराले पनि हामीलाई बजारीकरणमा सहयोग पुर्याइरहेको छ। पहिले पहिले मानिसहरु नेपाली उत्पादन भन्ने बित्तिकै झस्किने गर्थे तर आजभोलि त्यस्तो छैन सोचाइ परिवर्तन हुँदै गएको छ। अब अहिले यहाँ पहिलोपटक ललितपुरमा स्वदेशमा उत्पादित जुत्ता–चप्पलको सेल्स मेला आयोजना गरिएको छ ।

यस्ताखालका मेलाहरुले पनि स्वदेशी ब्रान्डलाई ग्राहकसम्म पुग्न सहयोग पुर्‍याएको छ। मेलामा गोल्डस्टारले विभिन्न ४०–५० भेराइटीका जुत्ता, चप्पल र स्यान्डल सेल्समा राखेको छ । जसमा स्पोर्टस् सुज, रनिङ सुज, फुटबल सुज, फेब्रिकेटेड हवाई, पियू सुजलगायत छन् । यस्तै, मेलामा महिला, पुरुष र बच्चाका स्पोर्टस् सुज पनि राखिएको छ। त्यति मात्रै नभएर समयसँगै परिवर्तन हुने फेनका चुत्ता चप्पलहरु पनि गोल्डस्टारले उत्पादन गर्दै आएको छ। मेलामा गोल्डस्टारका डेढ–दुई सयदेखि १५ सयसम्मका जुत्ता–चप्पल उपलब्ध छन् । ग्राहकलाई जुत्ता–चप्पल खरिदमा ३० प्रतिशत ‘डिस्काउन्ट’ दिएका छौँ । मेलामा जुत्ता चप्पल किन्न आफुकहाँ आउने व्यक्तिहरुलाई त्यसको गुणस्तरको बारेमासमेत समय भएसम्म बुझाउने गरेको भण्डारी बताउँछन्।

स्पोर्ट सुजहरु मात्रै उत्पादन गर्छौं-फर्स्ट वाक

शुभकामना फुटवेयरका उत्पादनहरु २०४९ सालदेखि बजारमा उपलब्ध रहेको शुभकामना फुटवेयर इण्टष्ट्रिज प्रालिका मार्केटिङ म्यानेजर केयरसिंह केसी बताउँछन्। तर विगत १ बर्षदेखि भने नयाँ लोगोसहितको फर्स्ट वाक नामक जुत्ताहरु हाल कम्पनीले उत्पादन गर्दै आएको छ। कम्पनीले हाल स्पोर्ट सुजहरु मात्रै उत्पादन गर्दै आएको छ। तर निकट भविष्यमा बच्चाहरुलाई समेट्ने र स्पोर्ट बाहेक अन्यलाई समेत समावेश गर्ने योजना रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘हामी स्पोर्टस् सुज मात्रै उत्पादन गर्छौं । तर, यसका एक सयभन्दा बढी भेराइटी छन्।’

कम्पनीले हालसम्म आधिकारिक बिक्रेता बनाएको छैन । तर, देशभर होलसेलमा जुत्ता बिक्री भइरहेका छन् । आगामी साउनदेखि देशभर आधिकारिक बिक्रेता दिने तयारीमा रहेकोसमेत उनी बताउँछन्। जुत्ताको सुरुवाती मूल्य ६ सय रुपैयाँबाट सुरु भएर ३ हजार ८ सय ९९ रुपैयाँसम्ममा पाइन्छन् ।

फर्स्ट वाक सुजका सोरुम डिआरएन कम्प्लेक्स खिचापोखरी, प्युखा न्युरोड, बागबजार र बुटवलमा छन् । हाल नेपालमा जति पनि व्यक्तिहरुले जुत्ता प्रयोग गर्छन् ती सबै सामान हाल सञ्चालनमा रहेका जुत्ता-चप्पल उद्योगहरुले नै लगभग पुर्‍याउनसक्ने अवस्थामा पुगिसकेका छन् त्यसैले अब नेपाली ब्राण्डहरु पनि कमजोर छैनन्। नेपाली उत्पादनलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्छ। ‘हामीले उत्पादन गरेका जुत्ताहरु धेरैले मन पराइदिनु भएको छ तर केहीले भने नेपाली उत्पादन भन्ने साथ ए नेपाली पो हो। नेपाली पनि यति महङ्गो भन्नुहुन्छ।’

नेपालीहरुको सेचाइ विदेशी सामानहरु मात्रै महङ्गो हुन्छ भन्ने छ तर नेपाली उत्पादन पनि क्वालिटीको छ भने त महङ्गो पर्ने नै भयो नि। फर्स्ट वाक भनेको एउटा ब्राण्ड हो। मानिसहरुले यदि फर्स्ट वाकको कुनै पनि जुत्ता किन्नुहुन्छ भने त्यो त ब्राण्ड भयो नि। सिधै हामीबाट फस्ट हेण्ड सामान नै पाउनुहुन्छ उहाँहरुले। मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट्ट दिइएको छ। यसको कारखाना भने सितापाइलामा रहेको छ। व्यापार मेलाले नेपाली उत्पादनहरुलाई चिनाउन धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको उनी बताउँछन्।

सबै किसिमका जुत्ता भएकाले प्रतिस्पर्धी कोही मान्दैनौँरोयल सुज 

रोयल सुज विगत १३ बर्षदेखि बजारमा उपलब्ध रहेको रोयल सुजका मार्केटिङ अफिसर बालकृष्ण घिमिरे बताउँछन्। नेपालभरि जुनसुकै स्थानमा पनि रोयल सुज सजिलै पाउन सकिने उनी बताउँछन्। रोयल सुजले जेन्स आइटम धेरै उत्पादन गर्ने गरेको छ। साथै स्कुल कलेजमा प्रयोग हुने बच्चादेखि ठूलासम्म सम्पूर्ण किसिमका जुत्ताहरु रोयल सुजले उत्पादन गर्दै आएको छ। विगत २ बर्षदेखि यसले लेडिज लागि पनि जुत्ता उत्पादन गर्दै आएको छ। रोयल सुजले प्राय गरेर बच्चाको, स्कुल कलेजमा प्रयोग हुने जुत्ता, स्पोर्ट सुज, अफिसियल सुज लगायतमा सबै किसिमका जुत्ता उत्पादन गर्दै आएको छ। ‘रोयल सुज नाम नै काफी छ भन्ने हाम्रो नारा नै छ जुन कुरा हामीले बजारमा स्थापित पनि गरेका छौं’, उनी भन्छन् ।

आर्थिक मन्दीको केही असर हामीलाई पनि परेको छ। तर समग्रमा हाम्रो बजारलाई हेर्ने हो भने हरेक वर्ष बिक्री बढेको नै देखिन्छ। नेपाली उत्पादन भन्न साथ हियाएर हेर्ने प्रवृत्ति विगतमा थियो तर हामीले हरेक कुराको सामना गर्दै अघि बढ्यौं। चिनियाँ उत्पादनहरुसँग पनि प्रतिस्पर्धा गर्दै अघि बढ्यौँ, त्यसैले अहिलेको अवस्थामा चाहिँ त्यो समस्या धेरै कम हुँदै गएको छ। हामीले हरेक किसिमका मेसिनहरु जडान गरेर, बजारमा आउने अन्य उत्पादनहरुभन्दा अझै राम्रो राम्रो सामान उत्पादन गरेर अहिलेको अवस्थासम्म आइपुगेका छौं। अहिले त रोयल सुज नचिन्ने सायन नै कम हुनुहुन्छ होला। नेपाली उत्पादनलाई माया गर्नुपर्छ, नेपाली उत्पादनहरु पनि उत्कृष्ट छन् अन्य देशका उत्पादनसँग तुलाना गर्न लायक बनेका छन् भन्ने बुझ्नुभएको छ। ‘मार्केटले जे माग्छ त्यस अनुसारको सामान उत्पादन गरेर दिन सक्ने क्षमता हामीमा छ,’ उनी भन्छन्, ‘हामीसँग सबै किसिमका जुत्ताहरु उपलब्ध छ। त्यसैले हाम्रो प्रतिस्पर्धी कोही पनि हुनुहुन्छ जस्तो लाग्दैन। र, हाम्रो बजारिकरण पनि आफ्नै किसिमको छ।’

स्पोर्टमा पनि धेरै मोडेलहरु रोयल सुजले ल्याएको छ। गर्मी महिना, वर्षा महिनालाई हुने जुत्ताहरु पनि छन् । त्यस्तै, पार्टी सुजमा पनि नयाँ मोडेल आएको छ । रोयल सुजले हरेक हप्ता नयाँ मोडेल निकाल्दै आएको छ। मेलाका लागि १५ देखि ५० प्रतिशतसम्म डिस्काउन्ट दिइएको छ। बाहिर देशबाट कच्चा पदार्थ ल्याउँदा सरकारले दिँदै आएको कर छुटसमेत हटाइदिँदा समस्या भोग्नुपरेको उनी बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?