
काठमाडौँ- सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति, नेपालले आइतबार र्यालीको आयोजना गरेको छ।
बचतकर्ताहरूको निक्षेप अविलम्ब फिर्ता गर्ने माग सरकारले नसुनेको भन्दै समितिले र्यालीको आयोजना गरेकाे हाे।
सांकेतिक विरोधस्वरूप बाँसको खाली खट महिलाले बोकी केही पुरुष माथिको कपडा खोली माइतीघर, बबरमहल हुँदै बानेश्वरस्थित एभरेस्ट होटलसम्म र्याली निकालिएकाे थियाे। उनीहरूले र्यालीकाे दाैरान शंखसमेत फुकेका थिए।
महासंघर्ष समिति आजसहित १५ औँ दिन लगातार धर्ना बसेकाे छ।
हेर्नूहोस् देश सञ्चारकर्मी बर्षा शाहले कैद गरेका तस्बिरहरू:
तस्बिर: बर्षा शाह/देश सञ्चार