प्रहरीको गोली लागी घाइते भएका जैसी भन्छन्- कुनै पनि प्रशासनले कुरै सुनेन

+
-

माइतीघर मण्डलामा एक युवक दुई दिनदेखि न्यायको माग राख्दै अनशनमा छन्। छेउमै नागरिकताविहीनहरूको टोलीले नै नागरिकता मागको लागि आवाज चर्को स्वरमा उठाइरहँदा उनी भने एउटा सानो ब्यानरका साथ एक्लै अनशनमा बसेका छन्। उनको पीडा ती समूहमा आवाज उठाउने टोलीको भन्दा केही भिन्न छ। उनी हुन्- टीकापुर कैलाली-८ का वीरेन्द्र जैसी। २०७३ सालमा प्रहरीले चलाएको गोली लागेर उनी घाइते बनेका थिए। सोही विषयलाई लिएर उनी अनशन बसिरहेका हुन्।

२०७३ साल ११ महिना १ गते राति ८:३० बजेको समय थियो। गाउँको जंगलबाट केही काठ तस्करीहरूले काठ तस्करी गर्दै गरेको गस्तीमा रहेका प्रहरीले थाहा पाए। गस्तीका एक सही बिर्जलाल अधिकारी र अर्का एक सिपाइले रातको समयमा गस्तीमै रहेका बेला ती काठ तस्करीहरूलाई भेटाए र हतकडीसमेत लगाए। तर ती तस्करहरूले भने आफ्ना १५-२० जना केटाहरूलाई बोलाएर उल्टै प्रहरी जवानहरूलाई अन्धाधुन्द कुट्न थाले ।

उनी भन्छन्,  ‘सइ सावलाई त त्यही उनीहरूले समातेर कुट्न थालिहाले।  सिपाइ साव चाहिं मेरो घर आएर उहाँलाई बचाइदिनू भनेर गुहार माग्नुभयो। हाम्रो सइ सावलाई ती केटाहरूले मारिहाल्छन् बचाइदिनूपर्‍यो भनेर। घटना भएको स्थानबाट मेरो घर करिब १०० मिटरको दुरीमा थियो।’

माइतीघर मण्डलामा अनशनरत वीरेन्द्र जैसी।

गुहार मागिसकेपछि वीरेन्द्रसहित उनकै घर परिवारका ६-७ जना जति व्यक्ति मिलेर प्रहरी जवानलाई बचाउन भन्दै जंगलतर्फ लागे। घटना भएको स्थानमा जाँदै गर्दा ती केटाहरूले सइलाई घेरिरहेका थिए। सोही क्रममा उनले आफ्नो बचाउको लागि भनेर २ राउण्ड हवाइ फायर गरिसकेका थिए र सहारा खोज्दै गाउँतर्फ नै आउँदै थिए।

वीरेन्द्रसहितको टोली पनि सइलाई बचाउन जंगलतर्फ गैरहेको थियो। उता तस्करीहरू भने भाग्न सफल भइसकेका थिए। जब वीरेन्द्र र सइको आपसमा भेट भयो तब सहीलाई लाग्यो- उनै तस्करीको समूह फेरि आयो। यही सोचेर उनले गोली चलाए। प्रहरीले चलाएको गोली वीरेन्द्रको शरीरको पेटमा लाग्यो र शरीरको पछिल्तिर गएर अड्कियो।

गोली लागेपछि वीरेन्द्रलाई तत्काल कैलालीकै टीकापुर अस्पतालमा पुर्‍याइयाे।  त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरियो।  त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई टिचिङ अस्पताल पुर्‍याइयाे र अपरेसन गरियो। अघिल्लो दिन राति गोली लागेका उनी भोलिपल्ट राति १२ बजेसम्म उनको शरीरमा नै गोली थियो। त्यसपछि मात्रै अपरेसनको माध्यमबाट गोली निकालियो।

वीरेन्द्रलाई अस्पताल ल्याउनेदेखि उपचार खर्चसम्म सबै उनको परिवारले नै बेहाेरेका हुन्। गोली लागेकाे ७-८ वर्ष बितिसके पनि उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ। महिनामा ४ देखि ५ पटकसम्म अस्पताल धाउने गरेको गुनासो उनी सुनाउछन्। अन्य कुनै रोग नभएको र सोही गोली लागेको ठाउँमा एकदमै धेरै दुख्ने उनी बताउँछन्।

घटना हुँदाको बखत तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि थिए। उपचारसँगै न्यायको लागि अपिल गरेको तर उनको कुरा कसैले नसुनेको गुनासो वीरेन्द्रकाे छ। उपचार वापतको रकम दिलाउँछौँ भनेर आश्वासन दिएको तर अहिलेसम्म केही पनि सरकारको तर्फबाट नपाएको उनले सुनाए।  उनले उपचारकै लागि कम्तीमा १० लाख खर्च गरिसकेका छन्। उपचारकै लागि उनले ऋण लिएर त्यसको ब्याज समेत तिरिरहेका छन्।

आर्थिक अवस्था सामान्य रहेका कारण केही राहत मिल्छ कि भन्दै वीरेन्द्र सर्वेन्द्र खनाल आइजिपी भएका बेला प्रहरी प्रशासनमा पुगेका थिए। खनालले जागिर दिलाइदिन्छु भनेर आश्वासन दिए तर परीक्षा दिएर सबै भइसकेपछि अन्त्यमा इन्टरभ्युमा फालिदिएको गुनासो उनी पोख्छन्।

आफ्नो उपचारमा लागेको खर्च दिलाइदिन र भविष्यमा पनि आफू बाँच्नसक्ने किसिमको वातावरण बनाइदिन माग गर्दै अनसन बसेको वीरेन्द्र बताउँछन्। उनको अनशनमा विद्यार्थी संघठन अनेरास्ववियुका उप-महासचिव भूपेन्द्र शाहले एक्यबद्धता जनाउँदै न्यायका लागि पहलसमेत गरेका छन्।

हेर्नूहोस् भिडियो:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष