
काठमाडौँ – नेकपा माओवादी केन्द्रसहित चार पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन्।
सोमबार काठमाडौँको भृकृटीमण्डपमा एक कार्यक्रम गरेर नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले आ–आफ्ना पार्टीका सिद्धान्त र मान्यतालाई नछोडीकन आफूहरु साझा मुद्दाहरुमा एकठाउँमा उभिन मोर्चा बनाएको बताएका छन्।
कार्यक्रमा गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई आसनग्रहण नगराइएको भन्दै कार्यकर्ताहरुले केहीबेर नाराबाजीसमेत गरेका थिए।
समाजवादी मोर्चा घोषणा कार्यक्रमका तस्बिरहरुः