
काठमाडौँ – घरमै झुण्डिएको अवस्थामा फेला परेकी जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहलाई न्याय माग्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
आरती गत जेठ ७ गते बेलुका घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। आरतीलाई न्याय माग्दै मंगलबार माइतीघरमा धर्नासहित प्रदर्शन गरिएको हो। धर्नामा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर तनाव सिर्जना भएको थियो।
दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ। आरतीका श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणु मिलेर उनको हत्या गरेको पीडितको भनाइ छ।
आरतीको हत्यालाई आत्महत्याको नाम दिएर अपराधि उम्काउन खोजिएको र प्रहरीले न्याय माग्दा सहयोग नगरेको पीडित परिवारको गुनासो छ।