बालेनको दाबी : २५ वटा नयाँ पार्क निर्माण, ४२ किलोमिटर कालोपत्रे

बालेनको दाबी : २५ वटा नयाँ पार्क निर्माण, ४२ किलोमिटर कालोपत्रे
+
-

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले घोषणा पत्रमा सार्वजनिक भए अनुसार हालसम्म गरेका कामहरुको विवरण सामाजिक सञ्जाल फेसबुक मार्फत प्रस्तुत गरेका छन्।

बालेनले हालसम्म २५ वटा नयाँ पार्कको निर्माण भएको बालेनले बताएका छन्। त्यस्तै सहरको सुरक्षा र पैदल यात्रीहरुलाई सहजता प्रदान गर्नको लागि महानगरले १७०० वटा स्मार्ट सडकबत्ति जडान गरेको बताएका छन्। यस्तै  ४२ कि.मी. सडक कालोपत्रे, ७ कि.मी. नयाँ ढल निर्माण र १५०० मिटर फुटपाथ निर्माण भएको उनले बताएका हुन्।

बालेनले घोषणा पत्रमा सार्वजनिक जग्गा संरक्षण, नयाँ पार्क निर्माण, स्मार्ट सडकवत्ति जडान, फुटपाथ निर्माण लगायतका काम गर्ने उल्लेख गरेका थिए। ‘विगत लामो समय देखि सार्वजनिक जग्गा अनधिकृत प्रयोग भइरहेको हामीलाई गुनासो आइरहन्थ्यो। त्यस्ता गुनासाहरूलाई हामीले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएका छौ। जस अनुरूप हामीले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गाको संरक्षण भएको छ।’ उनी भन्छन्, ‘यो कार्य निरन्तर चलिरहने छ।’

घोषणा पत्रमा शारीरिक तन्दुरुस्ती, मानसिक सतर्कता र भावनात्मक रूपमा स्थिरता कायम राख्ने पार्कहरूको निर्माण गर्ने उनले उल्लेख गरेका थिए। सोही अनुरूप २५ वटा नयाँ पार्कको निर्माण गरिएको उनले बताएका छन्।

सार्वजनिक शौचालयहरू र सामुदायिक विद्यालय भवनहरू निर्माण तथा मर्मत लगायतका पूर्वाधार विकासका कार्यहरूसमेत सम्पन्न भएको उनी बताउछन्। पैदलयात्रीहरुको सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइएको उनको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष