सँधैझै मनसुनको सुरुवातबाटै विपद्को जोखिम, कुन जिल्लामा छ बढी जोखिम?

सँधैझै मनसुनको सुरुवातबाटै विपद्को जोखिम, कुन जिल्लामा छ बढी जोखिम?
+
-

काठमाडौँ- चर्को गर्मीबाट राहत दिँदै जेठ ३१ गतेबाट नेपालभरका अधिकांश स्थानमा मनसुन भित्रियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले बुधबार (जेठ ३१ गते) अपरान्ह विशेष मौसम बुलेटिन जारी गर्दै देशमा मनसुन प्रणाली भित्रिएको जानकारी दियो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो। नेपालमा मनुसन सरदर सय दिन क्रियाशील हुने गरेको छ । १ दिन ढिला गरी नेपाल भित्रिएको मनसुनले सुरुवातमा नै पूर्वी नेपाल लगायतका स्थानमा ठूलै विपद् सिर्जना गरिसकेको छ। नेपालमा मनसुन भित्रिएको दिन २०८० जेठ ३१ गतेदेखि परेको भारी वर्षाबाट पूर्वी पहाडका तीन जिल्लासहित भोजपुर, तनहुँ, नुवाकोट र गोरखामा गरी १३ जनाको मृत्यु भइसकेको छ भने २६ जना बेपत्ता छन् । आठ जना घाइतेको उपचार भइरहेको छ । ४१ वटा घर पूर्ण रुपमा र सातवटा आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।

नेपाली सेनाको टोलीले पाँचथरबाट १२ र ताप्लेजुङबाट १ जनाको सकुशल उद्धारसमेत गरेको मन्त्रालयले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढीपहिरोबाट सडक र पुलमा मात्रै ४० करोडको हाराहारीमा क्षति भएको जानकारी दिएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाको अनुमानलाई आधार मान्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० कार्यन्वयनमा ल्याइसकेको छ। यसमा उल्लेख गरिएअनुसार यस वर्ष सरदरभन्दा कम पानी पर्ने बताइएको छ। सरदरभन्दा कम पानी पर्ने भएकोले न्यूनतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनुसनबाट १२ लाख ५४ हजार नागरिक प्रभावित हुने अनुमान रहेको बताएका छन्। पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्दार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एकएकवटा रहने व्यवस्था मिलाइएकोसमेत जानकारी दिए।

नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । यसका साथै मनुसनको अवधिमा झाडापखाला, हैजा जस्ता पानीजन्य रोग, सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य प्रकोप बढ्ने गर्छन् । नेपालमा मनसुनजन्य विपद्ले सबैभन्दा धेरै नागरिकलाई प्रभावित गर्छ र सबैभन्दा धेरै आर्थिक क्षति निम्त्याउँदै आएको छ।

विगतका तथ्यांकअनुसार मनसुनबाट पहिरोको उच्च जोखिममा रहेका जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, तेह्र्थुम, ओखलढुंगा, ललितपर, नवुाकोट, धादिङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रोल्पा, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी छन्। त्यसैगरी बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनषुा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, दाङ्, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपर छन् ।

फाइल तस्बिर

संघ प्रदेश र जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा ६ अर्ब ३ करोड १२ लाख ९५ हजार रुपैयाँ मौज्दात रहेको छ। विगत १० बर्ष (२०७० वैशाखदेखि २०७९ चैतसम्म) को अवधिमा ५ हजार ६१४ वटा बाढी पहिरो र भारी बर्षाका घट्ना भएका छन्। जसबाट २ हजार १४८ जनाको मृत्यु भएको छ भने ७७९ जना वेपत्ता भएका छन्। विपद्‌बाट ६१ हजार ४५५ घरहरु र १८ अर्बभन्दा बढि आर्थिक क्षति भएको छ।

यस बर्ष मनसुनबाट प्रभावित हुनसक्ने जनसङ्ख्यामध्ये प्रदेशगत रुपमा सबैभन्दा बढी कोशी प्रदेशमा ३ लाख १ हजार र सबैभन्दा कम कर्णाली प्रदेशमा लगभग ३५ हजार जनसंख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै मधेशमा ४ लाख ३ हजार १८०, बागमतीमा ९६ हजार ८५८, लुम्बिनीमा १ लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३, सुदूपश्चिममा १ लाख ४७ हजार ६० जना र गण्डकीमा ६९ हजार ७४४ जनसंख्या प्रभावित हुनसक्ने अनुमान प्राधिकरणको छ ।

हरेक वर्ष मनसुन भित्रिने बेला र जाने बेलामा पनि नेपालमा अन्य समयको तुनालामा धेरै विपद्‌का घटनाहरु हुने गरेका छन्। प्राधिकररणका उपिसचिव तथा प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार विपद्जन्य गतिवित्रि भएकाले कुनबेला के हुन्छ भनेर एकिनसाथ भन्न नसकिने बताउँछन्।

‘विपद्जन्य गतिविधिलाई हामीले रोक्नै सक्छौं भन्ने त छैन नि त। त्यसैले हामीले विपद्‌बाट हुने क्षति कसरी कम गर्ने कस्ता कस्ता कार्य गर्ने भन्ने कुरामा चाँहि विपद्‌ व्यवस्थापन प्राधिकरण सँधै तयारी अवस्थामा रहेको हुन्छ र यस वर्ष पनि छ,’ खड्काले भने।

हरेक वर्ष मनसुनको सुरुमा र अन्त्यमा धैरै क्षति हुने गरेको देखिन्छ यसलाई नियन्त्रण गर्न प्राधिकरणले किन आवश्यक पहल गर्दैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘हरेक वर्ष मनसुनको सुरुमा र अन्त्यमा धेरै क्षति हुने गरेको कुरा सत्य हो तर यस वर्षको कुरा गर्ने हो भने औषत भन्दा कम पानी पर्ने भनिएको थियो तैपनि मनसुन सुरु हुनसाथ नै क्षति भयो। विपद् कुन बेला कहाँ हुन्छ भनेर भन्न सकिने कुरा हुँदैन हामीले त विपद्‌का घटना भइसकेपछि उद्दारका घटना, राहत लगायतका काम कसरी गर्ने भन्ने कुरालाई प्राथमिकतामा राख्ने हो।’

यस वर्ष औषत भन्दा कम पानी पर्ने भएकै कारण अन्नबालीहरु कम उत्पादन हुने र जसका कारण खडेरीको समस्या पनि देखिन सक्ने प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० मा उल्लेख छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष