नागरिकता पाउने बाटो खुलेपछि धर्नामा बसेकाहरुले मनाए खुसियाली (तस्बिरहरु)

नागरिकता पाउने बाटो खुलेपछि धर्नामा बसेकाहरुले मनाए खुसियाली (तस्बिरहरु)
+
-

सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनको बाटो खुलाइदिएसँगै माइतीघर मण्डलामा धर्ना बसेको नागरिकता बिहिन संघर्ष समितिले खुसियाली साटासाट गरेको छ।

यसअघि सर्वोच्चको एकल इजलासले दिइको अल्पकालीन अन्तरिम आदेशलाई बिहीबार संयुक्त इजलासले खारेज गरेर नागरिकता ऐन कार्यान्वयनको बाटो खुलाएको हो। न्यायाधीश डा. आनन्द मोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि मनोजकुमार शर्माको एकल इजलासले जेठ २१ गते ऐन कार्यान्वयन नगर्न जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गर्ने निर्णय सुनाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो संसदले पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष प्रमाणिकारणका लागि पेश भएर निष्क्रिय भएको विधेयक वैशाख १७ गते प्रमाणित गरेका थिए। त्यसविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै बिहीबार कार्यान्वयनको बाटो सर्वोच्चले खोलिदिएको हो।

सर्वोच्चको आदेशसँगैर गैरआवासीय नेपाली र जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ। सोही खुसियालीमा माइतीघर मण्डलामा धर्ना बसिरहेका नागरिकता बिहिन संघर्ष समितिले खुसियाली मनाएको हो। उनीहरु विगत १६ दिनदेखि धर्नामा रहेका थिए।

सबै तस्विर : वर्षा शाह

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष