स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशनः आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहनू

स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशनः आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहनू
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन्।

देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकोले देशभरिका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरणसहित आपतकालीन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालीन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले हाम्रोजस्तो भूगोल भएको देशका जतिबेला पनि आपतकाल आउन सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर आपतकालिन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरी पूर्वतयारी आवश्यक रहेको बताए।

मन्त्री बस्नेतले भने, ‘आपतकाल कति बेला आउँछ अन्दाज गर्न सकिँदैन। हाम्रो देशमा हरेक वर्षजसो बाढीपहिरो आएकै हुन्छ। त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौँ भने उपचार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था रहँदैन। ’

आपतकालिन अवस्था आउनुभन्दा पहिले नै कम्तिमा पनि सम्भावित क्षेत्रहरुमा खाद्यान्न र औषधि पुर्‍याउन सकेको खण्डमा आपतकालिन अवस्था पनि उपचार सेवा दिन सकिने बताउँदै मन्त्री बस्नेतले सीमित श्रोत र साधनकाबीच पनि उपचार सेवा प्रदान गर्नुपर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए। यसको लागि सरकारले सम्भावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए।

मन्त्री बस्नेतले आपतकालिन अवस्थाको स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरी छुट्टै फण्डको व्यवस्था नभएको बताउँदै आपतकालिन अवस्थाको उपचार सेवा प्रदान गर्नका लागि एउटा छुट्टै फण्ड बनाउने गरी आफूले पहल गरिरहेको जानकारी दिए।

उनले भने, ‘आपतकालिन उपचार फण्डमा सबै दाताहरुले पनि सहयोगको हात अगाडि बढाउनु आवश्यक छ। ’

कार्यशाललाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालिन अवस्थाको उपचारका लागि देशभरिका २५ वटा अस्पतालहरुलाई हब हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए।

उनले भने, ‘कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौँ।’ सात वटै प्रदेशमा आपतकालिन सेवा केन्द्रमार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुले गरिरहेको डा. सिहले बताए।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले आपतकालिन अवस्थाका बेलासमेत उपचार सेवा प्रभावित नहोस् भन्ने कुरा दिमागमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए।

आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउँदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिए। उनले विश्व स्वास्थ्य संगठन नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महासाखाका निर्देशक डा. मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले आपतकालिन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिएका थिए।

शनिबारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेड क्वार्टर, सेरोका विज्ञहरुसहित सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, फोकल पर्सन र आपतकालिन उपचारमा संलग्न स्वास्थ्यकर्मी सहभागी छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष