चीनको परम्परागत पर्व ड्रागन बोटरेस पोखरामा (तस्बिरसहित)

चीनको परम्परागत पर्व ड्रागन बोटरेस पोखरामा (तस्बिरसहित)
+
-

पोखरा – चीनको प्रमुख चार परम्परागत पर्वमध्येको एक हो, ड्रागन बोटरेस फेस्टिभल। परम्परागत चिकित्सा र स्वास्थ्य उत्सवको रुपमा मनाइने ड्रागन बोटरेस फेस्टिभल पोखरामा सुरु भएको छ।

चीनसँगै मलेसिया, इन्डोनेसिया, सिंगापुर र ताइवानमा मनाइने यो फेस्टिभल दक्षिण एसियामै पहिलो पटक पोखरामा मनाइएको हो।

दुई दिन चल्ने फेस्टिभलमा शुक्रबार उद्घाटनसँगै पहिलो चरणको प्रतिस्पर्धासमेत भएको छ। फेस्टिभलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र चिनको लिन्जी शहरका प्रमुख, उपप्रमुखलगायत सहभागी भए।

‘नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोटरेस’ को २ सय र ५ सय मिटर दूरीको पहिलो चरणको खेल भएको छ।

प्रतियोगितामा सिचुवान ड्रागन बोट, युवान ड्रागन बोट, एसजी ड्रागन बोट (सिंगापुर), चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट (पोखरा), नारा ड्रागन बोट (नेपाल), एनआरिसए ड्रागन बोट (नेपाल), फेवा ड्रागन बोट र पोखरा महानगर ड्रागन बोटले प्रतिस्पर्धा गरे।

२ सय मिटरमा सिचुवान, नारा, युनान र एनआरिसए ड्रागनबोट दोस्रो चरण प्रवेश गरेका छन्।५ सय मिटरको प्रतिस्पर्धाबाट पनि सिचुवान, नारा, युनान र एनआरिसए नै दोस्रो चरणमा प्रवेश गरेका हुन्।

शनिबार फाइनल प्रतिस्पर्धा हुनेछ। विजेताले कुल ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। ५ सय मिटरतर्फको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख र तृतीय स्थान हासिल गर्नेले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

२ सय मिटरमा विजेताले ३ लाख, उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

बोटरेसका लागि चीनबाटै केरुङ नाका हुँदै ८ वटा विशेष डुंगा पोखरा ल्याइएको थियो। प्रतियोगिता सकिएपछि ती डुंगा चीनले पोखरा महानगरलाई हस्तानन्तरण गर्नेछ।

चिनियाँ खेलाडी र पाहुना भने छेन्दुबाट सिचुवान एयरलाइन्सको चार्टर उडानबाट पोखरा ओर्लिएका थिए।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले फेस्टिभलको आयोजना गरेको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनले पनि सहकार्य गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?