ड्रागन बोट रेसको उपाधि चीनकै सिचुवानलाई, नेपाली टोली नारा दोस्रो

ड्रागन बोट रेसको उपाधि चीनकै सिचुवानलाई, नेपाली टोली नारा दोस्रो
+
-

पोखरा- पोखरामा भएको ‘नेपाल-चीन ड्रागन बोट रेस फेस्टिबल’ को उपाधि चीनकै सिचुवान ड्रागन बोटले जितेको छ।

शनिबार भएको फाइनल स्पर्धामा २ र ५ सय मिटरको उपाधि सिचुवानले हात पारेको हो।

दुवै विधामा सिचुवानले नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सी (नारा ड्रागन बोटरेस) लाई पराजित गरेको हो।

उपाधि विजेता सिचुवानले दुवै विधामा ५ लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेको छ।

उपविजेता बनेको नाराले दुवै विधामा ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

चीनको युनान ड्रागन बोटले नेपालको एनआरसिए ड्रागन बोटलाई पराजित गर्दै दुवै विधामा तेस्रो स्थान हासिल गरेको छ।

युनानले दुवै विधामा २ लाख रुपैयाँ हात पारेको छ। नेपालको ४ र चीनको ४ गरी ८ समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

शुक्रबार पहिलो चरणको खेलबाट ४ टोली बाहिरिए। प्रतियोगितामा सहभागी सबै समूहले १-१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्लिसिना, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, पर्यटन राज्यमन्त्री सुशिला श्रीपाइली ठकुरी, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।

चीनको करिब २ हजार वर्ष पूरानो मौलिक पर्व ड्रागन बोटरेस फेस्टिबल दक्षिण एसियामै नेपालमा पहिलो पटक मनाइएको हो।

बोटरेसका लागि चीनबाट केरुङ नाका हुँदै फाइबारका विशेष डुंगा ल्याइएकाे थियो। ती डुंगा चीनले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाले फेस्टिबलको आयोजना गरेको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसन फेस्बिटलको सहआयोजक हुन्।

अर्को वर्ष फेरि फेस्टिबल गर्ने उद्घोषसहित समापन गरिएको छ।

ड्रागन बोटरेस फेस्टिबलको उपाधि विजेता सिचुवान र उपविजेता नारा पुरस्कार प्राप्त गरेपछि सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः विनोद ढुंगाना÷ देशसञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?