ललिता निवास प्रकरण: मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारी कार्की पनि पक्राउ

ललिता निवास प्रकरण: मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारी कार्की पनि पक्राउ
+
-

काठमाडौं- ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

सिआइबीले मुख्ययोजनाकार मानिएका मध्ये एक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई मंगलबार नै पक्राउ गरेको छ । साथै उनीसँगै अन्य चार जनालाई समेत मंगलबार  नै पक्राउ गरेको छ। पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारीहरू रहेका छन्।

मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको ब्यूरो स्रोतले जनाएको छ।

यस प्रकरणमा पछिल्लो पटक डिल्लीबजार मालपोतका तत्कालीन कर्मचारी कार्की पक्राउ परेसँगै एकै दिन पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

यो पनि पढ्नुहोस्

ललिता निवास प्रकरणमै धरौटीमा छुटेका मीनबहादुर गुरुङ सोही प्रकरणमा किन फेरि समातिए?

ललिता निवास प्रकरणमै धरौटीमा छुटेका मीनबहादुर गुरुङ सोही प्रकरणमा किन फेरि समातिए?

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष