यी हुन् ललितानिवास जग्गा प्रकरणमा एकैदिन पक्राउ पर्नेहरु (सूचीसहित)

यी हुन् ललितानिवास जग्गा प्रकरणमा एकैदिन पक्राउ पर्नेहरु (सूचीसहित)
+
-

काठमाडौँ – ललिता निवास जग्गा अनियमितता प्रकरणमा मंगलबार एकैदिन ७ जना पक्राउ परेका छन्।

सिआईबीले मुख्य योजनाकार मानिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । साथै उनीसँगै अन्य चार जनालाई समेत आजै पक्राउ गरेको छ। पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारीहरू रहेका छन्।

मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको ब्यूरो स्रोतले जनाएको छ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पनि पक्राउ गरेको छ ।

त्यस्तै, यस प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन्।  ललितानिवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानमा देखिएको थियो। जसमा उनको समेत मिलेमतो रहेको भन्दै शाहलाई सिआईबीले पक्राउ गरेको सिआईबीकी प्रमुख एआइजी किरण बज्राचार्यले बताएकी छन्।

पक्राउ पर्नेहरु:

  • भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ
  • मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्की
  • पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह
  • मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा
  • कर्मचारी सुरेन्द्रमान कपाली
  • धर्मप्रसाद गौतम
  • भुपेन्द्रमणि केसी
दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष