एडभेन्चर पारखीका लागि हब बन्न सक्छ 'स्काइ–वाक'

सिसामा हिँड्दै काठमाडौँको मनोरम दृश्य अवलोकन गर्न मिल्ने ‘स्काइ–वाक’ (भिडियो)

+
-

काठमाडौँ – एडभेन्चर कसलाई मन पर्दैन र! गाउँमा बस्ने मानिसहरु होस् या शहरका, धेरैजसो मानिसहरु एडभेन्चरमा रमाउनकै लागि टाढा टाढासम्म पनि पुग्ने गरेका छन्। एडभेन्चरकै कारण विभिन्न स्थानहरु चर्चामा आएका पनि छन्। काठमाडौँमा पनि नयाँ एडभेन्चरको रुपमा स्काइ–वाक सुरु भएको छ। जुन कमलादीमा रहेको छ।

कुल १३ रोपनीमा निर्माण भएको टावर ७८ दशमलव ५ मिटर अग्लो रहेको ‘वन्डर्स नेपाल’ कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले बताएका छन्। स्काइ–वाक टावर सुन्धारास्थित धरहराभन्दा पनि १६ मिटर अग्लो हो।

२२ तल्ला रहेको टावरमा १८ तल्लासम्म लिफ्ट चडेर जान सकिन्छ भने बाँकी तीन तल्ला सिंढीमार्फत माथि जानुपर्ने हुन्छ। टावरको २१ औँ तलामा स्काइ–वाक रहेको छ। हाल स्काइ–वाकसम्म मात्रै जान मिल्ने व्यवस्था गरिएको छ। तर, पछि त्यसभन्दा माथिको एक तल्लामा पनि जान मिल्ने पोखरेल बताउँछन्। टावरको सबैभन्दा माथिसम्म पुग्ने व्यक्तिलाई भने प्रमाणपत्रसमेत दिइने उनले बताए।

आकर्षण पोखरेल, अध्यक्ष

टावरमा दुई वटा लिफ्टहरु छन्। एउटा लिफ्टमा २४ जना अटाउँछन्। दुई लिफ्टमा एकपटकमा ४८ जना तलमाथि गर्न सकिन्छ। स्काइ–वाकभन्दा तलका दुई तलामा रेस्टुरेन्ट हुनेछ। यसमा एकैपटक तीन सयभन्दा बढी मानिसहरू बस्न मिल्छ। जहाँबाट काठमाडौँको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ।

सिसामा टेकेर हिँड्न पाइने यस स्काइ–वाक एड्भेन्चर पारखीहरुका लागि हब बन्ने विश्वास लिइएको छ। स्काइ-वाक टावर आन्तरिकसँगै बाह्य पर्यटकका लागि पनि आकर्षण बन्ने पोखरेलको विश्वास छ।

स्काइ–वाक गर्ने सिसा पूर्णरुपमा सुरक्षित रहेको उनकोको दाबी छ। पोखरेल भन्छन्, ‘यो ब्रिटिस स्ट्याण्डर्डको सिसा हो, यसमा १० एमएमको ३ वटा तह गरी ३० एमएम मोटो सिसा छ, त्यसलाई जोड्ने डेढ एमएमको दुई वटा सिसासमेत थपेर कुल ३३ एमको बाक्लो सिसा रहेको छ।’

स्काइ वाक निर्माण गर्दा जमिनको सतहबाट ३५ मिटर मुनिसम्म ५८ वटा फलामका डण्डीहरु गाडेर बलियो बनाएको उनले बताए। एडभेन्चर स्पोर्टस्, टुरिजम र रेष्टुरेन्टसहितका सुविधा भएको यति ठूलो स्काइ–वाक दक्षिण एसियामै पहिलोचोटी सञ्चालनमा आएको दाबी वन्डर्स नेपालका अध्यक्ष पोखरेलले गरे।

स्थानीय तहको कर र भ्याट सहित टिकटको शुल्क एक हजार रूपैयाँ छ। ८० वर्ष माथिकालाई र ३ फिट उचाइ सम्मको बच्चालाई निःशुल्क छ। ७० देखि ८० वर्षकालाई ५० प्रतिशत छुट अर्थात् ५०० रूपैयाँ लाग्ने छ। उक्त रकममा करिब आधा घन्टा हिँड्न पाइने छ। टावरको टुप्पामा हिँड्न कम्पनीले छुट्टै शु–कभर प्रदान गर्छ। उक्त शु–कभर लगाएर मात्रै सिसामा हिँड्न पाइन्छ। चढ्नुअघि सुरक्षा जाँच पनि हुन्छ र इन्सुरेन्सको व्यवस्था टिकटमा नै गरिएको उनी बताउँछन्।

कम्पनीले यसअघि इलामको कन्याममा स्काइ-वाक टावर सञ्चालनमा ल्याइसकेको छ। धनकुटाको भेडेटारमा पनि बन्दै छ। त्यहाँको उचाई भने यहाँको जति छैन।

स्काइ–वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र रेष्टुरेन्टको सुविधा रहेको छ, जहाँ शुक्रबार र शनिबार सांगीतिक कार्यक्रमसमेत हुनेछ। कम्पाउण्डमा भएका रेस्टुरेन्ट, एम्पिथिएटरमा जान शुल्क लाग्दैन, स्काइ–वाकमा जान मात्रै शुल्क लाग्नेछ।

कम्पनीका अनुसार एक सयवटा चार पाङ्ग्रे गाडी र करिब ३ सय वटा मोटरसाइकल पार्किङको सुविधा रहेको छ। स्काइ टावरको क्षेत्रमा ३६ वटा सटर निर्माण भइरहेको छ।

हाल टावरको मुख्य आकर्षण स्काइ–वाक नै हो तर निकट भविष्यमा स्काइ–वाकभन्दा माथि बन्जी र स्विङ पनि निर्माण गर्ने पोखरेलले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष