‘प्रहरी समायोजन ऐन नहुँदा समस्या भयो’

संघीयताविरुद्ध जबर्जस्त जनमत निर्माण भइरहेको छः मुख्यमन्त्री पाण्डे

संघीयताविरुद्ध जबर्जस्त जनमत निर्माण भइरहेको छः मुख्यमन्त्री पाण्डे
+
-

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयताविरुद्ध जर्बजस्त जनमत निर्माणको प्रयास जोडतोडका साथ भइरहेको बताएका छन्। संविधानबाट प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, समावेशितालाई आत्मसाथ गर्न नसकेका शक्तिहरुले प्रहार गरिरहेको उनको भनाइ छ।

दोस्रो पटक पोखरामा सुरु भएको मुख्यमन्त्रीहरुको भेलामा बोल्दै पाण्डेले भने, ‘संघीयता, गणतन्त्र, समावेशितालाई आत्मसाथ गर्न नसकेका शक्तिहरुको निशानामा प्रदेश सरकार प्रदेश तह रहेको अभाष हामीलाई भएको छ।’

संघीय कानुन निर्माण नभएका कारण प्रदेश कानुन निर्माण हुन नसक्दा संविधानत प्राप्त एकल अधिकारका विषयहरु कार्यन्वयनमा समस्या देखिएको उनको दुखेसो छ।

‘प्रहरी समायोजन ऐन नभएकाले प्रदेशमा शान्ति सुरक्षा कायम राख्ने, विपद् व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन गर्ने तथा सुरक्षा निकायसँग समन्वय गर्न कठिनाइ हुँदै आइरहेको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘जग्गा प्राप्तिको समस्या एकातिर छ। कर्मचारी सरुवामा समन्वय नहुँदा आएका जटिलतालगायत विषयमा छलफल भइ समाधानको उपाय पहिलाई संघ र प्रदेश सरकारबीचको सहकार्यलाई समन्वयकारी बनाउनुपर्ने आजको आवश्यकता रहेको छ।’

प्राप्त उपलब्धिको रक्षा गर्दै समुन्नत प्रदेश निर्माणमा देखिएका जटिलतालाई सहजीकरण गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्रीको बैठक आयोजना गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए।

बैठकले प्रदेशको औचित्यमाथि साझा धारणा बनाउन सफल हुने उनको विश्वास छ। राजनीतिक, कानुनी, प्रशासनिक र वित्तिय संघीयतालाई प्रभावकारी बनाउनेतर्फ ध्यान जानुपर्ने आवश्यकता औंल्याए। संघीय सरकारले समन्वयका लागि नेतृत्वसहित मार्गदर्शन प्रस्तुत गर्नुपर्नेमा उनको जोड छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?