विवेकशील साझाले सार्वजनिक गर्‍यो गौरवमय सांस्कृतिक मानचित्र

विवेकशील साझाले सार्वजनिक गर्‍यो गौरवमय सांस्कृतिक मानचित्र
+
-

काठमाडौं– विवेकशील साझा पार्टीले नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको छ।

शुक्रबार ललितपुरको बखुन्डोलस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम गर्दै मानचित्र सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ।

पार्टीले नयाँ पुस्तालाई गौरवमय इतिहास सम्झाउने र धरातलीय यथार्थ बुझाउने अभियानसमेत चलाउने बताएको छ।

‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझाले ’ऐतिहासिक नेपालको गौरवमय साँस्कृतिक मानचित्र’ सार्वजनिक गरेको हो,’ प्रवक्ता आशुतोष प्रधानले निकालेको विज्ञप्तिमा उल्लेख छ।

भारतले नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनीजस्ता नेपालका ऐतिहासिक भू–भागलाई समेत राखेर ’अखण्ड भारत’को नयाँ नक्सा राखेको थियो। यसप्रति नेपाल सरकारले ओैपचारिक खण्डन नगरेको र कुटनीतिक नोटसमेत नपठाउनु विडम्वना भएको विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियारले वताए।

‘यसै सन्दर्भमा विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको साँस्कृतिक मानचित्र सार्वजनिक गरेको हो,’ परियारले भने।
सुगौली सन्धी अगाडिको नेपालको भू–भाग र वर्तमान भू–भागमा रहेका साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र तयार पारिएको परियारको भनाई छ।

मानचित्रमा सगरमाथादेखि बौद्धस्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएको छ।

’मानसरोवरदेखि गंगा मैदान सम्म’का धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको छ,’ उपाध्यक्ष परियारले भने।

भारत अतिक्रमित नेपालको भूमी लिपुलेक–लिम्पियाधुरा–कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भू–भाग भारतले छोड्नु पर्ने विवेकशील साझा पार्टीले बताएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?