
हेटौंडा – हेटौंडा बजारबाट करिब १७ किमि दक्षिणपूर्वमा रहेको गुम्बाडाँडा अर्थात् स्टोन पार्क। चुरे फेदीबाट चिरिएको समथर बाटो। बाटो छेउका पातला बस्ती। तराई र पहाडका मिश्रण झल्किने घरहरुलाई छिचोल्दै रामधुनी चोकबाट दायाँ करिब एक किमि उकालो लागेपछि यहाँ पुग्न सकिन्छ।
गुम्बा डाँडा ५ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। पहिला यहाँ घाँस दाउरा गर्ने, गाईवस्तु चराउने स्थान बनिरहेको अवस्थामा २०४० सालमा हर्नामाडीका स्थानीय बासिन्दा र वन कार्यालयको नेतृत्वमा यस डाँडाको संरक्षण तथा सम्वर्द्धन कार्य भएको थियो।
अहिले यहाँ विभिन्न किसिमका बोटबिरुवा र विभिन्न देशका कलाकारले ढुंगामा मूर्ति कुँदेका छन्। ती मूर्तिहरु सुन्दर देखिएको छ।
हेटौंडा—१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा मकवानपुरको पर्यटकीय स्थलको रुपमा पनि रहेको छ। तर, यसको प्रचारप्रसार भने आवश्यक देखिन्छ।