बैंकहरूबाट ऋण नपाउँदा गरिव जनता आत्महत्या गर्न विवश छन्ः प्रभु साह

बैंकहरूबाट ऋण नपाउँदा गरिव जनता आत्महत्या गर्न विवश छन्ः प्रभु साह
+
-

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरूले मात्रै बैंकहरूबाट ऋण पाउने अवस्थाको अन्त्य हुनेगरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्।

आम जनता बैंकहरूबाट ऋण नपाएपछि मिटरव्याजीहरूको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अध्यक्ष साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकहरूबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाइदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

अध्यक्ष साहले भने, ‘बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ। गरिबले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन? त्यसकारण गरिबलाई आत्महत्याका लागि प्रेरित गरिदिने, ठगिन विवश बनाइ दिने राज्यको निकाय र ती बैंक संचालकहरू के गरेर बसिराखेका छन्? मान्छेले सहज ढंगले बैंकबाट ऋण पायो भने यस्ता खालका कथाको जरुरत पर्दैन। मान्छेले ऋण नपाएर बाध्य भएर ठगिन पुगिराखेका छन्। निक्षेप पूँँजी बढ्यो बैंकरहरू खुसी छन्। तर त्यो निक्षेप पूँजीको भाग जनताले पाउनु पर्छ कि पर्दैन? जनताले त्यहाँ त्यो ऋण पाउने अधिकार राख्छ कि राख्दैन? मुठीभर मान्छेले पाउने तर आम जनता निरीह भएर, लाचार भएर ठगिनुपर्ने परिवेशलाई पनि ध्यानमा राखेर गरिनु पर्दथ्यो। ’

उनले देशकाे पूँजी सही ढंगले परिचालन नभइ मुलुककाे समृद्धि सम्भव नभएकाे पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?