काठमाडौँ – मेची राजमार्गको ताप्लेजुङमा सवारी आवगमन सुचारु भएको छ।
असार ३ गते आएको बाढीले पाँचथर र ताप्लेजुङ जिल्लामा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीले मेची राजमार्गसहित सडकहरु पूर्ण रुपले क्षतिग्रत भएका थिए।
बाढिबाट मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो। पुल बगाएको ठाँउमा पेनस्टक पाइपको प्रयोग गरी यातायात सञ्चालन गरिएको हो।
त्यस्तै केही स्थानका बेलिब्रिज र झुलुङगे पुल समेत बगाएको थियो। साथै केही स्थानको सडक पनि अबरुद्ध भएको थियो।
क्षति लगत्तै भौतिक पूर्वाधार मन्त्री ज्वालाको निर्देशनमा हेवा खोलामा बेलिब्रिज निर्माणको काम थालिएको थियो । दोस्रोपटक पनि बाढीले डाइभर्सन बगाएको थियो।
मन्त्री ज्वालाको स्थलगत अनुगमनपछि सोमबारदेखि मेची राजमार्गलाई सञ्चालनमा ल्याइएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































