चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक, देशभरका एकल आमाले निशुल्क हेर्न पाउने

चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक, देशभरका एकल आमाले निशुल्क हेर्न पाउने
+
-

काठमाडौँ – यही असार २९ गते नेपालभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ। बुधवार काठमाडौँको वन सिनेमाजमा आयोजित कार्यक्रममा ६ जना विशिष्ट एकल आमाहरूलाई सम्मान प्रदान गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक गर्दै एकल आमाले देशैभर नि:शुल्क ‘बगान’ हेर्न पाउने घोषणा गरिएको छ। यसको लागि चलचित्र हलमा सरकारले जारी गरेको एकल आमाको परिचयपत्र देखाउनुपर्ने छ।

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो चलचित्र हेर्न पाउन भन्ने उद्देश्यले नि:शुल्क चलचित्र हेर्ने व्यवस्था गरेको बताए। उनले भने, ‘आज हामीले ६ जना एकल आमाहरूलाई प्रतिनिधि पात्रको रूपमा सम्मान प्रदान गर्दैछौँ। हामीले ६ जनालाई मात्र सम्मान गर्दा नेपालका सबै एकल आमाहरूलाई बिर्सन नसकेर नि:शुल्क चलचित्र देखाउने निर्णय गरेका हौँ।’

चलचित्र निर्देशन यात्राबारे कुरा गर्दै खनालले आफूले निर्देशनको दुस्साहस गरेको र यो निकै ठूलो काम भएको महशुस गरेको बताए। ‘ठूलो काम गर्ने तताम् निर्देशकहरूप्रति मेरो उच्च सम्मान छ। यो मेरो पहिलो काम हो तर अन्तिम भने होइन’, खनालले बताए।

चलचित्रको तीन मिनेट लामो ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने विषयको मतभेदलाई प्रस्तुत गरिएको छ। अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने नव अभिनेत्री प्रमिला कार्की मानन्धरकी छोरीको भूमिकामा छिन्।

कार्यक्रममा एकल आमाको प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व बागमती प्रदेश प्रमुख, माइती नेपालकी अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोईराला, कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, बरिष्ठ पत्रकार बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमल कुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान प्रदान गरिएको थियो। पहिलो नायिका भुवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवि सिंह, नेपालकी पहिलो हाँस्यकलाकार बशुन्धरा भुषाल र अभिनेत्री करिश्मा मानन्धरले सम्मान प्रदान गरेका थिए।

उपसभामुख रानाले ट्रेलर हेर्दै गर्दा आफ्नो छोरीको याद आएको बताइन्। आफ्नो छोरी २ बर्षकी हुँदाको समयदेखि एकल महिलाको रूपमा आफुले छोरीलाई हुर्काई बढाई अहिले २७ बर्षकी बनाएको बताउँदै रानाले आफ्नो सामाजिक संस्थामार्फत जेलमा रहेका सयौँ बालबालिकालाई आफ्ना सन्तानको रूपमा हुर्काउँदै आएको स्मरण गरिन्। माइती नेपालकी अध्यक्ष कोईरालाले चलचित्रमा एकल आमाको कथालाई देखाउन लागेकोमा धन्यवाद व्यक्त गर्दै अहिले अदृश्य रूपमा हजारौँ घरहरूमा एकल आमाहरूको वृद्धी भएको बताइन्। कोशी प्रदेश सभा सदस्य श्रेष्ठ भावुक हुँदै आफूले एकल आमाको रूपमा छोरी हुर्काउँदै गरेको संघर्ष सम्झिन्। उनले पहिलोपटक यो सम्मानले आफूलाई एकल आमाको रूपमा सार्वजनिक गरेको बताउँदै संघर्षका दिनहरू स्मरण गरिन्।

यस चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीसँगै नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। स्वप्निल नीरवको कथामा आधारित चलचित्र बगान ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने  कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समीर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ। ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ। ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।

भिडियाे :

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?