काठमाडौँ- तिब्बती समुदायले दलाई लामाको ८८ औँ जन्मदिन मनाएका छन्।
स्वयम्भुको नमुगिल स्कुलमा उनीहरूले बिहीबार तिब्बती परम्परामा नेता लामाकाे जन्मदिन मनाएका हुन्।
परम्परागत पाेशाकमा सजिएका तिब्बती समुदायले नाचगानसमेत गरेका थिए।
जन्मदिनकाे अवसरमा लामा, भिक्षु, शिक्षक, विद्यार्थी, समाजसेवीलगायतका विभिन्न व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे।
दलाई लामा सन् १९३५ को जुलाई ६ मा जन्मिएका थिए। उनी २३ वर्षको उमेरमा भारतको असम राज्यको तेजपुरमा शरण माग्न पुगेका थिए।
उनलाई भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले शरण दिएका थिए।
दलाई लामा आफ्ना अनुयायीहरूसहित धर्मशालामा बस्दै आएका छन्। त्यहाँ तिब्बतको निर्वाशित सरकार छ।
हेर्नूहोस् तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































