एमसीसी परियोजनाका लागि जग्गा लिन सरकारले दियो स्वीकृति

एमसीसी परियोजनाका लागि जग्गा लिन सरकारले दियो स्वीकृति
+
-

काठमाडौँ- मन्त्री परिषद बैठकले एमसिए नेपालले निर्माण गर्ने विद्युत प्रसारण लाइन तथा सवस्टेसनका लागि सिन्धुपाल्चोक पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। अमेरिकी सहयोग परियोजना एमसिसी अन्तर्गत ती प्रसारण लाइन तथा सबस्टेशन बन्न लागेका हुन्।

त्यस्तै अर्थ मन्त्रालय भन्सार तथा लजिष्टिक्स सुधार कार्यक्रम अन्तर्गत एसियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ।

अर्थ मन्त्रालय तथा संसदीय मामिला मन्त्रालय सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ। साथै नेपाल न्याय सेवा, कानून समूहको राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरूको सरुवा गर्ने निर्णय भएको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भएको छ।

त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना अन्तर्गत सडक सीमारेखाभित्र पर्ने कास्की जिल्लाको रुढीखोला-भैंसे सडक खण्डका घर र टहराहरु हटाउन स्वीकृति दिने निर्णय भएको छ।

निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष