
बुटवल- बुटवलको तिनाउ पुल नजिकै आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन्।
इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत अवस्थामा फेला परेका हुन्।
शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए।
उनको मृत्युको कारणबारे थप अनुसन्धान जारी रहेको घिमिरेले जानकारी दिए।