
काठमाडौँ- काठमाडौँ महानगरको नगर प्रहरीले व्यवसायीमाथि गरेको ज्यादतीविरुद्ध प्रदर्शन भएको छ।
महानगरको बागदरबारको गेट अगाडि युवाहरूले प्रदर्शन गरेका हुन्।
युवाहरूले ‘बालेन र सुनिता तिमीहरूले वाचा गरेकाे परिवर्तन यही हाे?’, ‘नगर प्रहरीकाे दम बन्द गर’, ‘मेयर बालेन मानवअधिकार उल्लंघनकर्ता’जस्ता नारा लेखिएका पम्प्लेटहरू प्रदर्शन गरका थिए।
प्रदर्शनको दौरान उनीहरूले ‘गरिबको चमेली बोलिदिने’नामक गीतसमेत गाएका थिए।
हेर्नुहोस् देश सञ्चारकर्मी बर्षा शाहले खिचेका तस्बिरहरू: