प्रधानमन्त्री पत्नी सीता दाहालको अन्तिम बिदाइ (तस्बिरहरु)

प्रधानमन्त्री पत्नी सीता दाहालको अन्तिम बिदाइ (तस्बिरहरु)
+
-

काठमाडौँ- बुधबार बिहान ८:३३ मा निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको अन्तिम बिदाइ पशुपति आर्यघाटबाट गरिएको छ।

उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र छोरीहरु रेणु र गंगाले दागबत्ती दिएका छन्। बुधबार बिहान निधन भएकी सीताको शवलाई पशुपतिनाथ आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो।

उनलाई प्रचण्डसँगै छोरीहरुले दागबत्ती दिएका हुन्। उनलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको छ।

आर्यघाटमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ, सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, सांसद, सचिव, कु्टनीतिक नियोगका पदाधिकारी तथा शुभेच्छुक उपस्थित थिए।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत थिइन्।

बर्षा शाहका तस्बिरहरु:

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष