ओढ्ने-ओछ्याउने राम्रो नहुँदा टेकनाथ रिजाल कमजोर भएको आरोप

ओढ्ने-ओछ्याउने राम्रो नहुँदा टेकनाथ रिजाल कमजोर भएको आरोप
+
-

काठमाडौं- भुटानका राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका भुटानी नेता टेकनाथ रिजालको सुरक्षा र स्वास्थ्यप्रति चासो व्यक्त गरेको छ।

अभियानका संयोजक राम कार्कीले एक विज्ञप्ति जारी गर्दै  नेता रिजाललाई बयान फेर्न उच्च तहका बन्दीहरुले दबाब दिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो स्रोतले यो पनि उल्लेख गरेको छ कि रिजाल कमजोर र फिक्का देखिनु भएको छ र उहाँले बस्ने राम्रो ओढ्ने ओछ्याउने उपलब्ध गराउन अनुरोध गर्दा कारागार प्रशासनले बेवास्ता गरेको छ, जसको अभावमा उहाँ बारम्बार चिसोका कारण अस्वस्थ हुनुभएको छ।’

रिजाललाई जेलमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसँगै जेलमा राखिएका कारण रिजालमा निरन्तर मनोवैज्ञानिक तनाब र असुरक्षा बढेको पनि अभियानले जनाएको छ ।

अभियानले उनको उमेरप्रति समेत चिन्ता व्यक्त गर्दै ७६ वर्षका रिजालमा मधुमेह, रक्तचाप र बुढेसकालसँग सम्बन्धित अन्य रोग देखिएको र अदालती बयानमा नाम लिएका कुनैपनि बन्दीहरूबाट टाढा तथा चिसो नभएको बेग्लै कोठामा रिजाललाई राख्न माग गरेको छ ।

त्यस्तै रिजालसँग अनुमति लिएर मात्रै अपरिचित आगन्तुकहरुलाई भेट्ने व्यवस्था मिलाउन, रिजाललाई आवधिकरुपमा चिकित्सा जाँचको सुविधा दिन पनि माग गरेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार निकायहरू, नागरिक समाजका नेताहरुलाई कारागारमा रिजाललाई भेट्न र समय–समयमा उनको स्वास्थ्य अवस्था बारे सोधपुछ गरिदिन पनि अभियानले आह्वान गरेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा टेकनाथ रिजाल पक्राउ परेका हुन्। उक्त प्रकरणमा उनीसहित १६ जना पर्पक्षका लागि थुनामा पठाएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष