१५ दिनदेखि भक्तपुरमा हराइरहेकी महिला मृत फेला

+
-

काठमाडौं- भक्तपुरमा १५ दिनदेखि हराइरहेकी महिला मृत अवस्थामा फेला परेकी छन् ।

सूर्यविनायक नगरपालिका–७, गुण्डुकी ३८ वर्षीया माया नगरकोटीको शव फेला परेको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

उनी बेपत्ता भएको भन्दै परिवारले खबर गरेपछि प्रहरीले उनलाई खोजिरहेको थियो। बिहीबार शव भेटिएको स्थान प्रहरी वृत्त, जगानीबाट ५ किलोमिटर दक्षिण पश्चिमतिर पर्ने प्रहरीले जनाएको छ।

खोजीमा असार १७ गतेदेखि नै प्रहरीको तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो । तर, कुनै सुराक हात लागेको थिएन । अहिले शव भेटिएको स्थान नजिकै विषको एउटा बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ। घटनालाई हेर्दा र नजिकै विषको बट्टा समेत फेला परेकोले विष सेवनका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

यद्यपि शव पोष्टमार्टमका लागि पठाएको र भिसेरा जाँचबाट मात्रै मृत्युको कारण थाहा हुने प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष