
काठमाडौँ – निक्षेप रकमको साँवा, व्याज अविलम्ब फिर्ता र सुनिश्चतता माग राख्दै आन्दोलनरत सहकारी पीडितहरूले आइतबार माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरेका छन्।
सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिको आयोजनामा आज बिहानैदेखि भएको उक्त प्रदर्शनमा दुई पटक गरी करिब १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै, प्रदर्शनका क्रममा एक जना घाइते भएका छन्। घाइते सहकारी पीडितलाई उपचारका लागि अस्पताल लगिएको छ।
आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।
यतिबेला बानेश्वरमा र्याली जारी छ।
तस्बिरहरू: