बिरामीको शरीरमा आगोले सेकेर (बातो हाल्ने) उपचार गरिँदै

बिरामीको शरीरमा आगोले सेकेर (बातो हाल्ने) उपचार गरिँदै
+
-

सिमकोट – बिरामीलाई आगोले सेकेर उपचार गरिन्छ भन्दा पत्यार लाग्न नसकिने भए पनि हिमाली जिल्ला हुम्लाका अधिकांश गाउँ बस्तीमा यो विधिबाट उपचार गरेको पाइनुु सामान्यजस्तै देखिन्छ।

नेपाली कागज र वनमा पाइने झुुलोलाई हातले मिचेर डल्लो पार्दै त्यसमा आगो सल्काएर बिरामीको दुखेको शरीरको भागमा राखेर बातो होलेर परम्परादेखि उपचार हुँदै आएको हो।

खार्पुनाथ गाउँपालिका– १ को लाली गाउँका बिछम शाहीले ढुुंगामा बाँया खुट्टाको घुँडा ठोक्किएपछि घाइते भएका थिए। उनले लाली स्वास्थ्य चौकीमा गएर चेकजाँच गरेर औषधि खाए पनि दुुखाइ कम नभएपछि गाउँकै झुुलोमा आगो सल्काएर दुुखेको घुँडामा राख्ने (बातो हाल्ने सिपालु) पुन्या छत्यालको शरणमा जानुपरेको थियो।

हाल उनको शरीरभरि बीसभन्दा बढी स्थानमा यसरी बातो हालेको देखिन्छ। जुन उनले २५ वर्षको उमेरबाट यसरी दुख्ने शरीरको भागमा बातो हाल्न सुुरु गरेका थिए। उनले पहिलेको अनुुभवले पनि यसपटक दुुखेको शरीरमा बातै हाल्ने निष्कर्षमा पुुगेर उपचार सुुरु गरिएको बताए।

बातो हाल्ने सिपालुु छत्यालले शाहीलाई चार दिनको समय दिएका थिए। त्यसपछि घुँडाका बिरामी शाहीको घरमा सिपालुु छत्याल आएर हेर्नेछन्।

उनले अझै सन्चो नभए सिपालुु छत्यालले पुनः एक पटक बातो हाल्ने सल्लाह दिएको बताए। शाहीले यसअघि आफ्नो शरीर दुख्दा वा कुनै चोटपटक लाग्दा यसरी उपचार गरेर निको भएको अनुुभव पनि सुनाए।

यो विधिबाट उपचार गर्दा यसबाट पर्ने असरबारे जानकारी नभए पनि बिराम भने सन्चो भएको उनले सुनाए। सिपालुु छत्याल ४० वर्षको भएका छन्। उनले २० वर्षको उमेरबाट यो काम गर्दै आएका छन्।

गाउँमा कसैलाई यसरी उपचार गर्नुपर्ने अवस्था आए छत्यालको खोजी हुने गरेको छ। त्यसैगरी, सिमकोट गाउँपालिका– २ को ठेहे गाउँका ४५ वर्षका जैबिरे बोहराले घुँडा दुख्ने बाथ (रगान) लागेको बेला पनि यसरी बातो हालेको स्वीकार गरे।

यसरी गाउँकै सिपालुुले बातो हालेर उनको दुुखाइ पनि केही हदसम्म सन्चो भएको छ। उनले यो परम्परागत उपचार विधि भएका कारण अघिल्लो पुस्ताका सम्पूर्ण हुम्लावासीको शरीरमा बातो हालेको दाग अहिले पनि देख्न सकिने बताए।

त्यति मात्र होइन, पेट दुखेको बेला पनि यसरी पेटमा बातो हाल्ने गरिन्छ। स्थानीयका अनुुसार स्थानीय भाषामा सिपालुु भनिए पनि एक किसिमका वैद्य हुम्लाका सबै बस्तीमा रहेको र उनीहरूबाट बिरामीको उपचार हुनुु सामान्यजस्तै छ। नयाँ पिँढीका युवायुवती यो उपचार विधिमा लाग्न नमान्ने भए पनि पहिलाको पिँढीले भने दुख्ने बिराम लाग्नेबित्तिक्कै यही विधिको उपचारतर्फ लाग्ने गरेको छ। टाउको समेत दुखेपछि यसरी टाउको दुख्ने भागमा बातो हाल्ने चलन पुरानै रहेको छ।

जो एक पटक यसरी उपचार गरिसकेका बिरामीको पहिलो रोजाइ भने यो विधि हुने गरेको छ। जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले यसरी गाउँघरमा उपचार हुने गरेको स्वीकार गर्दै तर त्यसबाट पर्ने साइट इफेक्टबारे पनि जानकारी बिरामीलाई गराउनुुपर्ने आवश्यक रहेको बताइन्। पुराना पुस्तका स्वास्थ्यकर्मीले समेत यो विधिबाट उपचार गरेको पाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष